पोखरा महोत्सवमा १० करोडको कारोबार

कास्की । पोखरास्थित युनाइटेड क्लबद्वारा अमरसिंह खेलमैदानमा आयोजित १३औँ संस्करणको पोखरा महोत्सव रु १० करोडको कारोबार गर्दै सम्पन्न भएको छ । गत पुस २७ गतेदेखि माघ १० गतेसम्म सञ्चालन भएको महोत्सवमा दुई लाख ५० हजार दर्शकले अवलोकन गर्नाका साथै स्टलमा राखिएका विभिन्न सामग्री खरिदबिक्रीबाट रु १० करोड बराबरको कारोबार भएको आयोजकले जनाएको छ ।

सम्बन्धित सामग्री

म्याग्दीमा २० करोडको सुन्तला विक्री

म्याग्दी। म्याग्दीबाट चालू आर्थिक वर्ष २०८०/८१ मा करीब २० करोड रुपैयाँको सुन्तला निकासी भएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार जिल्लामा ७५५ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादनयोग्य भूमि रहेको भए पनि ४०० हेक्टर क्षेत्रफलमा मात्रै सुन्तला लगाइएको छ । यस वर्ष तीन हजार ६०० मेट्रिक टन सुन्तला फलेको र न्यूनतम मूल्य प्रतिकिलो ५५ रुपैयाँका दरले विक्री गर्दा पनि कृषकले १९ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको ज्ञान केन्द्रको अनुमान छ । ‘सरदर प्रतिकिलो रु ५५ का दरले विक्री गर्दा पनि रु १९ करोड ८० लाख भन्दा बढी आम्दानी भएको देखिन्छ’ केन्द्रका प्रमुख सञ्जीव वास्तोलाले भने, ‘प्रतिकिलो ६०/६५ रुपैयाँसम्ममा पनि कृषकहरुले विक्री गर्नुभएको छ, यस हिसाबले २० करोड रुपैयाँ भन्दाबढी मूल्यको सुन्तला निकासी भएको अनुमान गरेका छौं ।’ अनुकूल मौसम र रोग किराको समस्या नभएको तथा फल दिने बोटसँगै उत्पादन पनि बढेको उनको भनाइ छ । यहाँ उत्पादन भएका सुन्तला जिल्ला सदरमुकाम बेनीका साथै पोखरा, काठमाडौं, चितवन, मुग्लिन लगायतका बजारमा निकासी हुँदै आएको छ । जिल्लाको भकिम्ली,राखु, मरेक, सुर्केमेला, बरञ्जा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सय भन्दाबढी सुन्तला बगैँचा रहेका कृषि ज्ञान केन्द्रको तथ्यांक छ । कृषि ज्ञान केन्द्रकी सूचना अधिकारी सम्झना शर्माले यस पटक प्रतिहेक्टर ११ मेट्रिक टनको अनुपातमा सुन्तला फलेको बताइन् । केन्द्रका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा दुई हजार एक सय ८० मेट्रिक टन सुन्तला उत्पादन भई १३ करोडको कारोबार भएको थियो । गत आर्थिक वर्ष २०७९/०८० मा करीब तीन हजार मेट्रिक टन सुन्तला उत्पादन भई १९ करोड रुपैयाँ भन्दाबढी आम्दानी भएको थियो । यस वर्ष मंसिरको अन्तिम सातादेखि सुन्तला टिप्न शुरू भएको थियो ।

१२औँ पोखरा महोत्सव सम्पन्न, १२ करोडको कारोबार

दुई लाख २५ हजार दर्शकले अवलोकन र १२ करोडको कारोबार गर्दै १२औँ संस्करणको पोखरा महोत्सव २०८० सम्पन्न भएको

पोखरा महोत्सवमा १० करोडको कारोबार

पोखरास्थित युनाइटेड क्लबद्वारा आयोजित १३औँ संस्करणको पोखरा महोत्सव रु १० करोडको कारोबार गर्दै सम्पन्न भएको छ ।

१८ औँ लेखनाथ महोत्सव पुस ७ गतेदेखि, १० करोडको कारोबार हुने अनुमान

पर्वत : कास्कीको लेखनाथमा हुने गरेको ‘लेखनाथ महोत्सव’ को १८ औँ संस्करण आगामी पुस ७ गतेदेखि १८ गतेसम्म हुने भएको छ।‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ मूल नाराका साथ लेखनाथ उद्योग वाणिज्य र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजना पोखरा २७ तालचोकस्थित डाँडाको नाकमा महोत्सव गर्न लागिएको लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष संघका अध्यक्ष छत्रधर आत्रेयले बताए।महोत्सवमा उद्योग वाणिज्य संघ गण्डकी, गण्डकी प्रदेश पर्यटन उद्योग तथा आपूर्ति मन्त्रा

फर्निचर मेलामा खरीदकर्ताको आकर्षण : ५ करोडको कारोबार हुने अनुमान

रौतहट (अस) । नेपाल विश्वकर्मा बजार समितिको आयोजनामा रौतहटको गरुडा नगरपालिका–१ जयनगरमा सञ्चालित फर्निचर मेलामा खरीदकर्ताको आकर्षण बढेको छ । श्रीपञ्चमीदेखि शुरू भएको मेलामा उपभोक्ताको आकर्षणसँगै कारोबार समेत बढेको व्यवसायी बताउँछन् । मेलामा यस वर्ष करीब ३०० भन्दा बढी व्यवसायीले फर्निचर सामग्री विक्रीका लागि राखेका छन् । काठबाट बनेका आकर्षक फर्निचर सामग्री किन्न रौतहट र आपपासका जिल्लाका बासिन्दाले सो मेला पर्खने गरेका छन् । अन्य ठाउँमा सामान किनेको भन्दा मेलामा २५ प्रतिशतभन्दा कम मूल्यमा फर्निचर सामग्री खरीद गर्न पाइन्छ । मेलामा राखिएका फर्निचरका सामग्री सस्तो, बलियो र आकर्षक हुने भएपछि यहाँका स्थानीयवासी खरीदका लागि मेला नै पर्खने गरेको शिवनगरका स्थानीय करणकुमार मिश्राले बताए । साल, सिसौ, टिक, मसला, आँपलगायत विभिन्न जातको काठबाट आकर्षक तरिकाले बनाइएका फर्निचर सामग्री मेलामा पाइने उनको भनाइ छ । बलियो काठको आफैले फर्निचर बनाएर यस मेलामा ल्याउने गरेकाले बजारभन्दा तुलनात्मक रूपमा सस्तो हुने र सम्पूर्ण सामान एकै ठाउँमा उपलब्ध हुने भएपछि मेला खरीदकर्ताको आकर्षणको केन्द्र बनेको छ । आकर्षक तरिकाले बुट्टा कुँदिएका पलङ, कुर्सी, ढोका, सोफा, दराज तथा किसानलाई खेती र घरायसी प्रयोजनमा आउने फलामका हँसिया, कुटो, बञ्चरो, खुकुरीलगायत सामग्री विक्रीका लागि मेलामा राखिएका छन् । मेलामा सहभागी व्यवसायीले हरेक वर्ष दोब्बर सामग्री विक्री हुने गरेको बताएका छन् । मेलामा यस वर्ष ५ करोड रुपैयाँको कारोबार हुने अनुमान रहेको नेपाल विश्वकर्मा बजार समितिका अध्यक्ष अरुण यादवले बताए । गतवर्ष ४ करोड रुपैयाँको कारोबार भएको थियो । मेलामा राखिएकाका फर्निचर सामग्री सर्लाही, बारा, पर्सा, धनुषा, काठमाडौं, पोखरा, विराटनगर, जनकपुर र भारत विहारका विभिन्न ठाउँसम्म पुग्ने गरेको व्यवसायीको भनाइ छ ।

रौतहटको जयनगरमा फर्निचर मेला, ५ करोडको कारोबार हुने अनुमान

फागुन ५, रौतहट । काठबाट बनेका आकर्षक फर्निचर सामग्री किन्नका लागि सर्वसाधारणले प्रत्येक वर्ष रौतहटको जयनगरमा लाग्ने मेला नै पर्खने गरेका छन् । अन्य ठाउँमा सामान किनेको भन्दा यहाँ २५ प्रतिशतभन्दा कम मूल्यमा फर्निचर सामग्री खरीद गर्न पाइन्छ । मेलामा राखिएका फर्निचरका सामग्रीहरु सस्तो, बलियो र आकर्षक हुने भएपछि यहाँका स्थानीयहरु खरीदका लागि मेला नै पर्खने गरेको शिवनगरका स्थानीय करण कुमार मिश्राले बताए ।  साल, सिसौ, टिक, मसला, आँपलगायत विभिन्न जातको काठबाट आकर्षक तरिकाले बनाइएका फर्निचर सामग्री मेलामा पाइन गरेको उनको भनाइ छ । बलियो काठको आफैले फर्निचर बनाएर यस मेलामा ल्याउने गरेकाले बजारभन्दा तुलनात्मक रूपमा सस्तो हुने र सम्पूर्ण सामानहरु एकै ठाउँमा उपलब्ध हुने भएपछि मेला खरीदकर्ताहरुका लागि आकर्षणको केन्द्र विन्दु बनेको छ । मेलामा आकर्षक तरिकाले बुट्टा कुदिंएका पलंङ्ग, कुर्सी, ढोका, सोफा, दराज तथा किसानलाई खेती र घरायसी प्रयोजनमा आउने फलामका हसिंया, कुटो, बञ्चरो, खुकुरीलगायतका सामग्री निर्माण गरी मेलामा विक्रीका लागि राखिएका छन् । नेपाल विश्वकर्मा बजार समितिको आयोजनामा प्रत्येक वर्ष झैं यस वर्ष पनि गरुडा नगरपालिका–१ जयनगरमा फर्निचर मेला शुरु भएको हो । श्रीपञ्चमीको अवसरमा शुरु भएको मेला करीब एक महीनासम्म लाग्ने आयोजकले बताएको छ । मेलामा फर्निचर सामग्री विक्री गर्दै आएका व्यवसायीहरुले हरेक वर्ष दोब्बर सामग्री विक्री गर्ने गरेको बताएका छन् । मेलामा यस वर्ष करीब ३०० भन्दा बढी व्यवसायीले फर्निचर सामग्री विक्रीका लागि राखेका छन् । मेलामा यस वर्ष ५ करोड रुपैयाँको कारोबार हुने अनुमान रहेको नेपाल विश्वकर्मा बजार समितिका अध्यक्ष अरुण यादवले बताए । गत वर्ष ४ करोड रुपैयाँको कारोबार भएकोमा गत वर्षको तुलनामा यस वर्ष फर्निचर व्यवसायीको संख्या बढेको र अवलोकनकर्ताको संख्यासमेत बढ्ने उनले बताए । यहाँका फर्निचर सामग्रीहरु सर्लाही, बारा, पर्सा, धनुषा, काठमाडौं, पोखरा, विराटनगर, जनकपुर र भारतको बिहार प्रान्तका सीतामढी, पूर्वी चम्पारण, मुजफ्फरपुर र पटनासम्म फर्निचर पुग्ने गरेको व्यवसायीहरुको भनाइ छ ।

पोखरामा फूल व्यवसायीलाई भ्याइनभ्याई : तिहारमा करिब साढे २ करोडको कारोबार

गोरखाको आरुघाट गाउँपालिका घर भइहाल पोखरा–१७, पार्दी बिरौटा पावर हाउस बस्दै आएका ‘सिजनल मनकामना नर्सरी’ का दिलबहादुर गुरुङ तिहार भित्रिएसँगै फूलको कारोबारमा ब्यस्त छन् । तिहारको रौनक बढेपछि तयारी भइसकेका फूलहरु टिप्ने, माला उन्ने र बजारमा पठाउने लगायतका काममा गुरुङसँगै उनको परिवारलाई नै भ्याईनभ्याई छ ।विगत एक दशकदेखि पुष्प व्यवसायमा रमाएका गुरुङ यतिबेला फूल व्यवस्थापनमै व्यस्त छन् । तिहारको रौनक बढेपछि उनको बगैँचामा फूल किन्न आउने ग्राहकको भीड लाग्ने गरेको छ । फूलको खेती व्यवसाय

पोखरामा ७० करोडको मासुको कारोबार

दसैंका बेला पोखरामा करिब ७० करोड बराबरको कारोबार भएको व्यवसायीहरुले बताएका छन् । सबै भन्दा बढि करोबार भेडाच्याङ्ग्राको विक्रिबाट भएको व्यवसायीहरु बताउ छन् । पोखरामा र आसपासका लागि भेडाच्याङ्ग्रा मुस्ताङ, डोल्पा, मुगु, चीनबाट व्यवासयीहरुले पोखरा ल्याएका थिए । विगत वर्षको तुलनामा यसवर्ष धेरै भेडाच्याङ्गा भित्रिएको अझ विक्रि वितरण गरिरहेको उनीहरुको भनाई छ । एउटा च्याङ्ग्राको…