१८ औँ लेखनाथ महोत्सव पुस ७ गतेदेखि, १० करोडको कारोबार हुने अनुमान

पर्वत : कास्कीको लेखनाथमा हुने गरेको ‘लेखनाथ महोत्सव’ को १८ औँ संस्करण आगामी पुस ७ गतेदेखि १८ गतेसम्म हुने भएको छ।‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ मूल नाराका साथ लेखनाथ उद्योग वाणिज्य र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजना पोखरा २७ तालचोकस्थित डाँडाको नाकमा महोत्सव गर्न लागिएको लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष संघका अध्यक्ष छत्रधर आत्रेयले बताए।महोत्सवमा उद्योग वाणिज्य संघ गण्डकी, गण्डकी प्रदेश पर्यटन उद्योग तथा आपूर्ति मन्त्रा

सम्बन्धित सामग्री

पोखरामा लेखनाथ महोत्सव हुँदै

कास्की (अस) । उद्योगी तथा व्यवसायीको छाता संगठन लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा १७ औं संस्करणको लेखनाथ महोत्सव हुने भएको हो । स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले आगामी माघ १३ देखि २४ गतेसम्म डाँडाकोनाकमा महोत्सव आयोजना गर्न लागिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्ष छत्रधर आत्रेयले जानकारी दिए । कोभिड–१९ का कारण थला परेको अर्थतन्त्रलाई चलायनमान बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको उनले बताए । ‘लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ नारासहित हुने  महोत्सवमा करिब ३०० स्टलले सहभागिता जनाउनेछन् । १० करोडको आर्थिक कारोबार हुने अपेक्षा गरिएको महोत्सवबाट १ करोड ५ लाख आम्दानी हुने र ९० लाख खर्च भई १५ लाख बचत हुने अनुमान गरिएको छ । संघका सदस्यलाई प्राथमिकतामा राख्दै १० प्रतिशत छुटमा महोत्सवका लागि स्टल बुकिङ खुला गरिएको वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए  । सर्वसाधारणका लागि पुस ११ गतेबाट स्टल बुकिङ खुला हुने उनले बताए । महोत्सवमा साहित्यिक कार्यक्रम, महिला विशेष कार्यक्रम, विद्यालयस्तरीय कार्यक्रम, सांस्कृतिक कार्यक्रम, आदिवासी जनजाति विशेष कार्यक्रम, कृषि तथा पशुपक्षी प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, हस्तकलालगायत प्रदर्शनी हुनेछ ।