म्याग्दीका किसानलाई सुन्तला विक्री गर्न भ्याइनभ्याई : वार्षिक साढे ७ करोडको कारोबार हुँदै

पुस १५, म्याग्दी । म्याग्दीका सुन्तला उत्पादक किसानलाई यतिबेला सुन्तला विक्री गर्न भ्याइनभ्याई छ । सुन्तला खरीद गर्न व्यापारी गाउँ–गाउँमा रहेका सुन्तला बगैँचामा नै आउन थालेपछि किसानले घरबाट नै सुन्तला विक्री गरेर लाखौं रुपैयाँ आम्दानी गरिरहेका छन् । बेनी नगरपालिका–४ बास्कुनाका तिलक गुरुङले रू. पाँच लाखमा आफ्नो सुन्तला बोटबाटै विक्री गरे । पोखराबाट आएका व्यवसायीले गुरुङको ६० ओटा बोटमा फलेको सुन्तला रू. पाँच लाखमा खरीद गरेका हुन् । गुरुङको मात्रै होइन, बास्कुनाका १९ घरधुरीको सुन्तला बोटबाटै प्रतिकिलो रू. ६५ का दरले विक्री भएको छ । पोखराबाट सुन्तला खरीद गर्न गएका व्यापारीले बास्कुनाका सुन्तला बोटबाटै खरीद गरेको बास्कुना सुन्तला किसान समूहमा पनि आवद्ध रहेका किसान गुरुङले बताए ।  गाउँका अन्य सबै घरका सुन्तला व्यापारीले खरीद गरी लगिसके पनि उनको सुन्तला भनै अझै निर्यात हुने क्रममा छ । ‘यो वर्ष मेरो बगैँचामा करीब रू. छ लाखको सुन्तला फलेको अनुमान गरेको छु, केही सुन्तला निर्यात भयो, बाँकीलाई समेत केही दिनमै बिक्री गर्ने योजना बनाएको छु,’ उनले भने । वैदेशिक रोजगारी त्यागेर २०५९ सालमा गाउँ फर्किनुभएका गुरुङले गाउँमा धानखेती छोडेर व्यावसायिक रुपमा सुन्तलाखेती शुरु गरेका थिए । करीब १३ रोपनी खेतमा सुन्तला रोपेका गुरुङको बगैँचामा अहिले ३५० बोटले फल दिन्छन् भने करीब ४०० नयाँ बोट रोपेका छन् । बास्कुनामा रहेका १९ घरधुरीले नै अहिले सुन्तला खेतीलाई व्यावसायिक बनाएका छन् । सबैजसोले धान, कोदो र मकैखेती हुने खेतबारीमा सुन्तलाका बोट रोपेका छन् । त्यसैगरीे बेनी नगरपालिका–३ भकिम्लीको राखु गाउँका किसानलाई पनि यतिबेला सुन्तला विक्री गर्न भ्याइनभ्याई छ । करीब ५० घरधुरीको बसोबास रहेको राखु गाउँमा सबैजसोले सुन्तला खेती गरेका छन् ।  गाउँघरमा रोपिएका १२ हजारभन्दा बढी सुन्तलाका बिरुवामध्ये अहिले नौ हजार जतिले फल दिन थालेको स्थानीयवासी मनकुमारी पुनले बताए । गतवर्ष पुनले सुन्तला विक्रीबाट रू. तीन लाख आम्दानी गर्दा गाउँमा रू. ३३ लाखभन्दा बढी नगद भित्रिएको थियो ।  ‘केही दिनयता १५ जनाले निरन्तर सुन्तला टिपिरहेका छन्, अझै १५ दिन सुन्तला टिप्नमै लाग्छ, यहाँ टिपेको सुन्तलालाई पोखरा र काठमाडौैंका व्यवसायीसँग सम्पर्क गरी निर्यात गर्छौं, यो वर्ष गाउँबाट झण्डै रू. ४० लाखभन्दा बढी मूल्यको सुन्तला निर्यात हुने अनुमान गरेका छौं’ पुनले भने । बास्कुना र राखुमा मात्रै होइन, यतिखेर जिल्लामा सुन्तला उत्पादन भएका ठाउँमा किसानले धमाधम सुन्तला विक्री गरिरहेका छन् । अधिकांश बगैँचामा पोखरा, काठमाडौं र धादिङका व्यवसायीले बोटबाटै सुन्तला खरीद गर्ने गरेका छन् ।  रघुगंगा गाउँपालिका–१ बेगखोलाको घाप्पामा रहेका १६ घरधुरीले समेत बोटबाटै सुन्तला विक्री गरेका छन् । स्थानीयवासी र बाहिरबाट आएका व्यापारीलाई स्थानीयवासीले बोटबाटै सुन्तला विक्री गरेका हुन् । अहिले बोट नै ठेक्का लिएर खरीद गरेकाले धमाधम सुन्तला टिपेर लैजाने गरेको स्थानीयवासी खिम फगामीले बताए ।  घाप्पामा सुन्तला खेतीबाट आम्दानी हुन थालेपछि किसानले खेती हुनेबारीमै व्यावसायिक रुपमा सुन्तला खेतीलाई विस्तार गर्दै लगेका छन् । जिल्ला कृषि ज्ञान केन्द्र म्याग्दीको तथ्यांकअनुसार म्याग्दीमा २६५ जना किसानले सुन्तला खेतीलाई व्यावसायिक बनाएका छन् । ६१६ हेक्टर क्षेत्रफलमा गरिएको सुन्तला खेतीबाट वार्षिक दुई हजार २३५ दशमलव ६ मेट्रिक टन सुन्तला उत्पादन हुने गरेको छ ।  जिल्लाबाट रू. सात करोड ५० लाख बराबरको सुन्तला निर्यात हुने गरेको कृषि ज्ञान केन्द्र म्याग्दीले जानकारी दिएको छ । जिल्लामा उत्पादन भएको सुन्तलामध्ये ठूलो हिस्सा पोखरा, काठमाडौं, नवलपरासीलगायत ठूला बजारमा निर्यात हुँदै आएको छ ।  म्याग्दीमा बेनी नगरपालिकासहित बरङजा, अर्मन, ओखरबोट, देवीस्थान, बिम, मुदी, ताकम, मराङ, भगवती, पिप्ले, बेग, भुरुङ तातोपानी, दोबा, हिस्तान, घार, दाना, नारच्याङलगायतका क्षेत्र सुन्तला खेतीका लागि पकेट क्षेत्र मानिन्छन् । रासस

सम्बन्धित सामग्री

किसानलाई तरुल खन्न भ्याइनभ्याई, भाउ नपाएको दु:खेसो

सर्लाही : सर्लाहीका किसानलाई तरुल खन्न भ्याइनभ्याई भएको छ। आउँदै गरेको माघे संक्रान्तिलाई लक्षित गरी जील्लाको उत्तर पश्चिम भेगमा पर्ने बागमती र बरहथवा नगरपालिकाका किसानहरूलाई तरुल खन्न भ्याइनभ्याई भएको हो। तर, यसवर्ष तरुलको उचित मूल्य नपाएको किसानहरुले गुनासो गरेका छन्।जिल्लाको बागमती र बरहथवा नगरपालिका लगाएतका स्थानमा यतिबेला किसानहरु माघे संक्रातीमा अत्यधिक खपत हुने भएकाले तरुल खन्न भ्याईनभ्याई रहेको किसानहरुको भनाइ छ।विगत लामो समय देखी बर्सेनि व्‍यावसायिक तरुल खेती गर्दै आएका बागमती नगरपा

गुल्मीका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

गुल्मी । गुल्मीका किसानलाई धान स्याहार्न भ्याइनभ्याई छ । साउनमा रोपेको धान पाकिसकेको र तिहार नजिकिदै गरेकोले पनि किसानहरुलाई धान स्याहार्न भ्याइनभ्याई भएको हो । किसानहरु यतिबेला खेतमा धान काट्दै गरेको, झाट्दै गरेको एवं धान उठाउदैँ गरेको अवस्थामा भेटिन्छन् । यस बर्ष सरकारले समयमै रासायनिक मल पठाउदा धानको उत्पादन समेत बढेको छ । मदाने गाउँपालिका […] The post गुल्मीका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कैदीबन्दीलाई मुढा बनाउन भ्याइनभ्याई

काठमाडौँ, २२ वैशाख । म्याग्दी जिल्ला कारागार म्याग्दीका कैदी बन्दीले बनाएका मुढा चीन निकासी हुन थालेको छ । चीनबाट माग आएपछि कैदीबन्दीलाई बाँसबाट मुढा बनाउन भ्याइनभ्याई भएको छ । म्याग्दी कारागारका चौकीदार वसन्त रोकाले पहिलो चरणमा आठ सय २० वटा मुढा चीन पठाइएको जानकारी दिए । “एक महिनाअघि एक हजार छ सयवटा मुढाको माग आएको […]

विकास खर्च भ्याइनभ्याई

जुम्लामा विकास बजेट खर्च आर्थिक वर्षको अन्तिम तीन महिनामा मात्रै बढी हुने गरेको छ । जुम्लामा वैशाख, जेठ र असार महिनामा मात्र विकास बजेट अधिक खर्च हुने गरेको हो । अझ असार मसान्तमा विकास बजेट खर्च गर्न स्थानीय तह तथा विषयगत कार्यालयलाई भ्याइनभ्याई छ ।अख्तियारी समयमै नआउनु, दसैं र तिहार चाडपर्व बिदा हुनु र हिउँदमा […]

भक्तपुरका ‘जुजु धौँ' व्यवसायीलाई भ्याइनभ्याई

भक्तपुरका दही व्यवसायीलाई ‘जुजु धौँ ’ दही बनाएर बिक्री गर्न भ्याइनभ्याई भएको छ । बिहानैदेखि जुजु धौ पसलमा उपभोक्ताको भीड लागेको छ । अन्य बेला दिनको करिब २०० लिटर जुजु...

माग बढेपछि भक्तपुरका प्रजापति समुदायलाई पाला बनाउन भ्याइनभ्याई

नेपालीहरूको दोस्रो महान् चाड तिहार आएपछि भक्तपुरमा माटोका भाँडा बनाउँदै आएका कुमाले समुदायलाई पाला बनाएर बिक्री गर्न भ्याइनभ्याई भएको छ।

किसानलाई धान काट्न भ्याइनभ्याई

दसैँको पहिलो टीका लगाइसकेका जिल्लाका किसानलाई अहिले धान काट्न भ्याइनभ्याई भएको छ । यहाँका खेतबारीमा किसानहरु धमाधम धान काट्नमै व्यस्त हुने गरेका देखिन्छन् । खेतमा लटरम्म धान पाकेका कारण वर्षा र पानी परे धान झार्ने डरले किसानलाई उक्त धान बटुल्न चटारो सुरु भएको छ । धान धत्पादनको दृष्टिकोणले पकेट क्षेत्रका रुपमा चिनिँदै आएका यहाँका बनिडुग्रिसैन, दिपायल, पिपल्ला, जोरायल, गड्सेरा, बर्छैन, सायल, पूर्वीचौकी लगायतका ठाउँहरुमा किसानहरु अहिले धान काट्ने चटारोमा व्यस्त भएका हुन् ।यो वर्ष समयमै बर्सात भएका

दशैंमा निजी हवाई कम्पनीलाई भ्याइनभ्याई

काठमाडौं, असोज २९ । हवाई सेवाप्रदायक कम्पनीका लागि दशैं व्यापारको राम्रो अवसर हो । निजी क्षेत्रका वायुसेवा प्रदायकलाई दशैंको व्यापार भ्याइनभ्याई भइरहँदा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको व्यापार भने सुस्त छ । निगमसँग उडानका लागि आवश्यक जहाज नहुदा र भएकाको पनि राम्रो व्यवस्थापन हुन नसक्दा आन्तरिक उडानमा निगमको उपस्थिति मात्रै छ । यो समयमा निजी […]

दशैंमा निजी एयरलाइन्सलाई भ्याइनभ्याई

हवाई सेवा प्रदायक कम्पनीका लागि दसैँ विजनेसको उपयुक्त अवसर हो । निजी क्षेत्रका वायुसेवा प्रदायकलाई दसैँको व्यापार भ्याइनभ्याई भइरहँदा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को व्यापार भने सुस्त छ । निगमको उपस्थिति आन्तरिक उडानमा मात्रै छ । निगमसँग उडानका लागि आवश्यक जहाज नहुनु तथा भएकाको पनि कुशल व्यवस्थापन हुन नसकेका कारण निगमका जहाज […]

विश्वकर्मा पूजाका लागि मूर्ति बनाउन भ्याइनभ्याई (फोटो फिचर)

काठमाडौं :  विश्वकर्मा पूजाका लागि विश्वकर्माको मूर्ति बनाउन कालिगढहरूलाई यतिबेला भ्याइनभ्याई छ।असोज १ गते मनाइने विश्वकर्मा पूजाका लागि मूर्ति बनाउँदैमा उनीहरूलाई अहिले खाना खानेसमेत फूर्सद छैन।विश्वकर्मा पूजा नजिकिएसँगै मूर्ति बनाउने मात्र नभएर सिंगार्नमा पनि उनीहरू उत्तिकै व्यस्त छन्। ललितपुरको बुसिंगल सानेपाका कलाकारलाई मूर्ति बनाउन र सिंगारपटार गर्न भ्याइनभ्याई छ। विश्वकर्मा पूजा सकिएपछि दशैंका लागि नवदुर्गा भगवती, तिहारका लागि लक्ष्मी, कुमार र ग