लमजुङ – ऊनबाट उत्पादित विभिन्न सामग्रीको बजार र बजार भाउ निकै राम्रो छ । तर भेडापालनका साथै गुणस्तरीय ऊन उत्पादन र ऊनबाट विभिन्न सामग्री उत्पादनमा युवा पुस्ताको ध्यान जान सकिरहेको छैन ।
यहाँ वार्षिक झण्डै ६ हजार मेट्रिक टन हाराहारीमा ऊन उत्पादन हुन्छ । ऊनबाट केही स्थानीयले बख्खु, राडीपाखी बनाइ उच्च मूल्यमा बिक्री गर्दै आएका छन् । तर नयाँ पुस्ताले ऊनका सामग्री बनाउने सीप सिक्नमा खासै ध्यान नदिएको पाकोपुस्ता बताउँछन् ।
गुणस्तरीय ऊन उत्पादन गरी विभिन्न सामग्री बनाउन सके यसैबाट राम्रो आम्दानी गर्न सकि...