काभ्रेमा सुन्तला उत्पादनमा गिरावट

काभ्रे- काभ्रेमा हरेक वर्ष सुन्तला उत्पादनमा गिरावट हुँँदै आएको पाइएको छ । पछिल्ला केही वर्षदेखि जिल्लामा दुई प्रतिशतका दरले सुन्तला उत्पादनमा गिरावट हुँदै आएको कृषि ज्ञान केन्द्र धुलिखेलले जनाएको छ । यस वर्ष पनि उत्पादनमा गिरावट हुने प्रक्षेपण गरिएको केन्द्रका कृषि प्रसार अधिकृत विवेकानन्द महतले बताए । उनका अनुसार रोग–कीराका कारण केही वर्षयता लगातार सुन्तला […]

सम्बन्धित सामग्री

सुन्तलाको भाउ अहिलेसम्मकै उच्च

सोलुखुम्बुमा सुन्तलाको भाउ अहिलेसम्मकै उच्च भएको छ । अहिले प्रतिकेजी सरदर १२० रुपियाँसम्म सुन्तलाको खरिद बिक्री भइरहेको छ । अघिल्ला वर्षहरूमा प्रतिकेजी ६० देखि ७० रुपियाँ केजीमा बिक्री भएको सुन्तला यो वर्ष बढेर एक सय रुपियाँदेखि १२० रुपियाँसम्म पुगेको व्यापारीले बताएका छन् । सुन्तला उत्पादनमा भारी गिरावट आएपछि मूल्यवृद्धि भएको स्थानीय कृषक बताउँछन् । जिल्लाको सुन्तला उत्पादन हुने क्षेत्र थुलुङ दूधकोसी, नेचासल्यान र माप्यदूधकोसी गाउँपालिकाका विभिन्न स्थानमा सुन्तला उत्पादनमा गिरावट आएको हो । विगतको तुलनामा सुन्तला उत्पादनमा करिब ७५ प्रतिशत कमी आएकाले जिल्लामा सुन्तलाको भाउ अझै बढ्न सक्ने थुलुङ दूधकोसी गाउँपालिकाको देउसा रनेमका रामकुमार राईले बताउनुभयो ।