न्यादी हाइड्रोपावर कम्पनीको आइपीओ भर्ने समय सीमा समाप्त भएको छ । कम्पनीले गत असोज १५ गतेदेखि सर्वसाधारणका लागि जारी गरेको २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयरका लागि आवेदन दिने समय सीमा आज मंगलबार साँझ ५ बजे सकिएको हो । विक्री प्रबन्धक ग्लोबल आइएमईले दिएको सूचना अनुसार साँझ ५ बजेसम्ममा कम्पनीको आईपीओ खरिदका लागि २३ लाख ५७ हजार १६६ जनाले २ करोड ९४ लाख ७७ हजार ६५० कित्ताका लागि २ अर्ब ९४ करोड ७७ लाख ६५ हजार रुपैयाँ बराबरको आवेदन लिएका छन् । यद्यपि, कम्पनीले भने जम्मा