न्यादी हाइड्रोपावरको आइपिओ : दोब्बर बढीले दिए आवेदन

न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक सेयर (आइपिओ) निष्काशन म्याद भोलि मंगलबार सकिँदैछ । कम्पनीले गत भदौ १ गतेदेखि आयोजना प्रभावित स्थानीयवासी, लमजुङ जिल्ला र संस्थाका कर्मचारीहरु गरेर कुल १८ लाख कित्ता सेयर निष्काशन गरेकोमा भोलि १५ गते सेयर निष्काशन बन्द हुँदैछ । कम्पनीकाअनुसार हालसम्म अर्थात् सेयर निष्काशन बन्द हुने अघिल्लो दिनसम्ममा १५ हजार १३७ जना आवेदकहरुबाट कुल ३७ लाख ९१ हजार ६७८ कित्ताका लागि आवेदन परेको छ । अर्थात् माग गरे भन्दा दोब्बर संख्याले नै कम्पनीको सेयर खरिदका लागि आव