न्यादी हाइड्रोपावरको आईपीओ खुला, कसले दिन पाउँछन् आवेदन ?

न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुङका स्थानीय बासिन्दा तथा संस्थापक शेयर धनीका लागि आजबाट बिक्री खुला गरेको हो ।

सम्बन्धित सामग्री

न्यादी हाइड्रोपावरको आईपीओ बाँडफाँट, ९१ प्रतिशतको हात खाली

न्यादी हाइड्रोपावर कम्पनीको प्राथमिक शेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीले गत असोज १५ गतेदेखि १९ गतेसम्मका लागि सर्वसाधारणमा खुल्ला गरेको कुल २२ लाख ५० हजार कित्ता बराबरको आईपीओ शुक्रबार बाँडफाँट भएको हो । गोला प्रथा मार्फत भएको कम्पनीको आईपीओ बाँडफाँटमा जम्मा २ लाख ९ हजार २५० जनाले प्रतिव्यक्ति १० कित्ताकादरले सेयर हात पारेका । कुल २ करोड ७० लाख ८९ हजार १५० कित्ताका लागि आवेदन खुल्ला गरिएकोमा कुल २२ लाख ५५ हजार ८४ जना सर्वसाधारणले आवेदन दिएका थिए भने १३ हजार ९४६ जनाको आवेदन रद्द भएक

न्यादी हाइड्रोपावरको आईपीओ शुक्रवार बाँडफाँट गर्ने तयारी

कात्तिक २, काठमाडौं । न्यादी हाइड्रोपावरको आईपीओ शुक्रवार बाँडफाँट हुने भएको छ । मंगलवार प्रि - अलटमेन्ट सम्पन्न गरि शुक्रवार बाँडफाँट गर्ने तयारी गरेको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएको छ । कम्पनीले गत असोज १५ गतेदेखि १९ गतेसम्म कुल २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो। कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ४५ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी २० लाख ९२ हजार ५०० कित्तामा सर्वसाधारणले आवेदन दिएका छन् । विक्री प्रबन्धकका अनुसार कम्पनीको आईपीओमा २३ लाख ५७ हजार बढी आवेदकबाट २ करोड ९४ लाख ७७ हजार बढी कित्ता खरीदको लागि आवेदन परेको छ । जुन मागभन्दा १४ गुणा बढी हुन आउँछ ।

न्यादी हाइड्रोपावरको आईपीओमा माग गरेभन्दा १३ गुणा बढीले दिए आवेदन

न्यादी हाइड्रोपावर कम्पनीको आइपीओ भर्ने समय सीमा समाप्त भएको छ । कम्पनीले गत असोज १५ गतेदेखि सर्वसाधारणका लागि जारी गरेको २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयरका लागि आवेदन दिने समय सीमा आज मंगलबार साँझ ५ बजे सकिएको हो । विक्री प्रबन्धक ग्लोबल आइएमईले दिएको सूचना अनुसार साँझ ५ बजेसम्ममा कम्पनीको आईपीओ खरिदका लागि २३ लाख ५७ हजार १६६ जनाले २ करोड ९४ लाख ७७ हजार ६५० कित्ताका लागि २ अर्ब ९४ करोड ७७ लाख ६५ हजार रुपैयाँ बराबरको आवेदन लिएका छन् । यद्यपि, कम्पनीले भने जम्मा

न्यादी हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन, कति दिने आवेदन ?

न्यादी हाइड्रोपावर कम्पनीको आइपीओ भर्ने आज अन्तिम दिन ।  कम्पनीले गत असोज १५ गतेदेखि सर्वसाधारणका लागि जारी गरेको २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयरका लागि आवेदन दिने समय सीमा आज मंगलबार सकिदैछ । यद्यपि, आईपीओ निष्काशन बन्द हुने अघिल्लो दिनसम्ममा नै माग गरेभन्दा तीब्र संख्यामा आवेदन परिसकेको कम्पनीले जनाएको छ ।कम्पनीले जारी गरेको कुल २२ लाख ५० हजार कित्ता आईपीओ मध्ये कम्पनीले ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात्

न्यादी हाइड्रोपावरको आईपीओमा करीब १९ लाखले दिए आवेदन

असोज १८, काठमाडौं । न्यादी हाइड्रोपावरको आईपीओमा २ करोड ४० लाख ८९ हजार ९४० कित्ताका लागि आवेदन परेको छ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार सोमवार साँझ ५ बजेसम्ममा १८ लाख ९३ हजार ९५७ जना आवेदकबाट २ अर्ब ४० करोड ८९ लाख ४० हजार रुपैयाँ बराबरको आवेदन परेको हो । कम्पनीले गत शुक्रवारबाट २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको हो । कुल कित्तामध्ये १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषको लागि छुट्याएको छ भने ४५ हजार कित्ता कर्मचारीको लागि र बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले उक्त आईपीओमा असोज १९ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सम्मका लागि आवेदन दिन सकिने व्यवस्था  रहेको छ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । साथै लगानीकर्ताले सि आस्बा सेवा प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फत आईपीओमा आवेदन गर्न सक्नेछन् । कम्पनीले निष्कासन गरेको आईपीओलाई केयर रेटिङ नेपालले केयर एनपी आइआर डबल बी रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीले दायित्व पूरा गर्ने सक्ने सम्बन्धमा मध्यम रहेको देखाउँछ ।

न्यादी हाइड्रोको आईपिओमा हालसम्म कति पर्यो आवेदन ?

न्यादी हाइड्रोपावरले निष्काशन गरेको आईपीओमा तेस्रो दिनसम्ममा १८ लाख ९३ हजार ९ सय ५७ जनाले आवेदन दिएका छन्  । आज साँझसम्म यी आवेदकले २ करोड ४० लाख ८९ हजार ९ सय ४० कित्ताको लागि आवेदन परेको हो  । यो माग भन्दा ११.५१ गुणा बढी हो ।  कम्पनीले असोज १५ गते सर्बसाधारणलाई आईपीओ  बिक्रि खुला गरेको छ । कम्पनीले सर्बसाधारणलाई २२ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो ।जस मध्ये ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५ सय कित्ता सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् ४५ हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्टाएको छ । बाँकि रहेको २० लाख ९२ हजार ५ सय कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन्। शेयर निष्काशनको लागि  ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । यस आईपिओमा सर्बसाधारणले असोज १९ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मको लागि आवेदन दिन सकिने छ ।

न्यादी हाइड्रोपावरको आईपीओ बाँडफाँट, सबै आवेदकले पाए शेयर

असोज ६, काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेको छ ।  कम्पनीले भदौ १ गतेदेखि १५ सम्म आयोजना प्रभावित स्थानीयको लागि निष्कासन गरेको शेयर बुधवार बाँडफाँट गरेको हो । उक्त आईपीओमा ३ हजार ८५७ जना योग्य आवेदकबाट आवेदन परेको छ । कम्पनीको आईपीओमा आवेदन गर्ने योग्य सबै आवेदकले शेयर पाएका छन् । सबै आवेदकले न्यूनतम १० कित्ता देखि १४० कित्तासम्म शेयर पाएका हुन् । कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यका कुल १८ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित स्थानीय बासिन्दा तथा संस्थापक शेयरधनीहरुलाई विक्री गरेको हो ।  कम्पनीले आयेजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तथा पुरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन बमोजिमको अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका वडा नं. ३ (साविक खुदी गा.वि.स.का वडा नं. १, २, ३ र ६ मात्र) तथा मर्स्याङ्दी गाउँपालिका वडा नं. ६, ७ र ८ (साविक बाहुनडाँडा गा.वि.स. र साविक भुलभुले गा.वि.स. का सम्पूर्ण वडाहरु) का स्थानीय बासिन्दाहरुका लागि ५ लाख कित्ता र सो क्षेत्र बाहेक लमजुङ जिल्लाका अन्य क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि १० लाख कित्ता शेयर विक्री गरेको थियो ।  बाँकी ३ लाख कित्ता भने कम्पनीले आफ्ना संस्थापक शेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विद्युत् विकास कम्पनीका कर्मचारीहरुका लागि विक्री गरेको हो ।

न्यादी हाइड्रोपावरको आईपीओ आज बाँडफाँट हुँदै

असोज ६, काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीको आईपीओ बुधवार बाँडफाँट हुँदैछ ।  कम्प्नीले विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको नक्सालस्थित कार्यालयमा ५ः३० बजे बाँडफाँट हुने बताएको छ । कम्पनीले भदौ १ गतेदेखि आईपीओ निष्कासन गरेको थियो । कम्पनीले लमजुङ जिल्लाका आयोजना प्रभावित स्थानिय बासिन्दालाई १५ लाख कित्ता र संस्थापक शेयरधनी कम्पनीका कर्मचारीलाई ३ लाख कित्ता आईपीओ विक्री खुला गरेको थियो । कम्पनीले सोही शेयर बाँडफाँट गर्न लागेको हो ।   कम्पनीले अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मस्र्याङदी गाउँपालिका वडा न ३,६,७ र ८ का स्थानिय बासिन्दका लागि ५ लाख कित्ता र उक्त क्षेत्रबाहेक लमजुङ जिल्लाको अन्य क्षेत्रमा बस्ने स्थानियलाई १० लाख कित्ता छुट्याएको थियो । उक्त आइपीओमा रू. ३८ करोड ६२ लाख ४४ हजार बराबरको आवेदन परेको छ । विक्री प्रबन्धकका अनुसार १५ हजार ३६८ जनाले ३८ लाख ६२ हजार ४४८ कित्ताका लागि आवेदन दिएका छन् । त्यसैगरी न्यादीका संस्थापक शेयरधनीहरु बुटवल पावर कम्पनी र लमजुङ विद्युत विकास कम्पनीका कर्मचारीहरुका लागि ३ लाख कित्ता शेयर छुट्याएका थियो ।  कम्पनीले निष्कासन गरेको आईपीओलाई केयर रेटिङ नेपालले केयर रेटिङ डबल बी इस्युआर रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीको दायित्व बहन गर्ने क्षमता औषतमा जोखिम रहेको देखाउँछ । कम्पनीले लजमुङ जिल्लामा ३० मेगावट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

न्यादी हाइड्रोपावरको आईपीओमा ४ हजार ५१९ जनाले दिए आवेदन

भदौ १०, काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीको आईपीओमा ४ हजार ५१९ जना आवेदकले रू. ११ करोड १ लाख ४१ हजार बराबरको  आवेदन परेको छ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार बुधवारसम्ममा ४ हजार ५१९ जनाले ११ लाख १ हजार ४१० कित्ताका लागि आवेदन दिएका हुन् । कम्पनीले भदौ १ गतेदेखि आईपीओ निष्कासन गरेको हो । कम्पनीले लमजुङ जिल्लाका आयोजना प्रभावित स्थानिय बासिन्दालाई १५ लाख कित्ता र संस्थापक शेयरधनी कम्पनीका कर्मचारीलाई ३ लाख कित्ता आईपीओ विक्री खुला गरेको हो । कम्पनीले अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मस्र्याङदी गाउँपालिका वडा न ३,६,७ र ८ का स्थानिय बासिन्दका लागि ५ लाख कित्ता र उक्त क्षेत्रबाहेक लमजुङ जिल्लाको अन्य क्षेत्रमा बस्ने स्थानियलाई १० लाख कित्ता छुट्याएको छ ।  त्यसैगरी न्यादीका संस्थापक शेयरधनीहरु बुटवल पावर कम्पनी र लमजुङ विद्युत् विकास कम्पनीका कर्मचारीहरुका लागि भने ३ लाख कित्ता शेयर छुट्याइएको छ । आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । आवेदकले भदौ १५ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै शेयर विक्री नभएमा भदौ ३० गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ ।  आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले ग्लोबल आइएमई बैंकको लमजुङ जिल्लभर रहेका शाखा कार्यलय,सिभिल बैंकको भुलभुले शाखा र एनएमबि बैंकको बेशीसहर शाखाबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी संस्थापक शेयरधनी संस्थाका कर्मचारीले न्यादी हाइड्रोपावरको कार्यालय बुद्धनगर, काठमाडौंबाट आवेदन दिन सक्नेछन् । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले निष्कासन गरेको आईपीओलाई केयर रेटिङ नेपालले केयर रेटिङ डबल बी इस्युआर रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीको दायित्व बहन गर्ने क्षमता औषतमा जोखिम रहेको देखाउँछ । कम्पनीले लजमुङ जिल्लामा ३० मेगावट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

न्यादी हाइड्रोपावरले भदौ १ गतेदेखि आईपीओ निष्कासन गर्ने

साउन २४, काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले भदौ १ गतेदेखि आईपीओ निष्कासन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरु तथा संस्थापक शेयरधनीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका कुल १८ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले आयेजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तथा पुरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन बमोजिमको अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका वडा नं. ३ (साविक खुदी गा.वि.स. का वडा नं. १, २, ३ र ६ मात्र) तथा मर्स्याङ्दी गाउँपालिका वडा नं. ६, ७ र ८ (साविक बाहुनडाँडा गा.वि.स र साविक भुलभुले गा.वि.स. का सम्पूर्ण वडाहरु) का स्थानीय बासिन्दाहरुका लागि ५ लाख कित्ता र सो क्षेत्र बाहेक लमजुङ जिल्लाका अन्य क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि १० लाख कित्ता शेयर निष्कासन गर्नेm भएको हा । बाँकी ३ लाख कित्ता भने कम्पनीले आफ्ना संस्थापक शेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विद्युत् विकास कम्पनीका कर्मचारीहरुका लागि विक्री गर्न लागेको हो । आईपीओ निष्कासन बन्द छिटोमा भदौ १५ गते हुनेछ भने ढिलोमा भदौ ३० गते हुनेछ । यस आईपीओमा एनएमबि बैंकको बेशीसहर शाखा, सिभिल बैंकको भुलभुले शाखा तथा ग्लोबल आइएमई बैंकको बेशीसहर, उदिपुर, दोर्दी, भोलेँटार, सुन्दरबजार र भभोटेओडार शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । कम्पनीका संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरुले कम्पनीको कार्यालय, बुद्धनगरबाट आवेदन दिन सक्नेछन् ।  कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइमएई क्यापिटल रहेको छ । उक्त शेयर खरीदका लागि आवेदकले न्यूनतम १० कित्ता आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।  आईपीओ निष्कासनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।