बागमती प्रदेशमा मन्त्रालय संख्या निर्धारण गर्न कार्यदल गठन

हेटौँडा : बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले पदभार ग्रहण गरेसँगै दुईवटा निर्णय गरेका छन्।मंगलबार पद तथा गोपनीयताको शपथग्रहण गरेपछि पदभार ग्रहण गर्दै मुख्यमन्त्री जमकट्टेलले दुईवटा निर्णय गरेका हुन्। मुख्यमन्त्री जमकट्टेलले बागमतीमा मन्त्रालय संख्या निर्धारण गर्न कार्यदल गठन गर्ने पहिलो निर्णय गरेका छन्।१५ दिनभित्र कार्यदलले प्रतिवेदन पेश गर्ने गरी जमकट्टेलले ५ सदस्यीय कार्यदल गठन गरेका हुन्। जसका आधारमा मन्त्रालय संख्या टुंगोमा पुर्‍याउने मुख्यमन्त्री जम्मकट्टे

सम्बन्धित सामग्री

बगमतीमा संसदीय समितिको नेतृत्व चयनका लागि कार्यदल गठन

मनहरी– फागुनभित्र संसदीय समितिको नेतृत्व चयन गर्न बागमती प्रदेशका राजनीतिक दल सहमत भएका छन् । आइतबार बसेको सर्वदलीय बैठकमा उक्त सहमति भएको हो ।  नेतृत्व चयनका लागि बैठकले दलका सचेतकको नेतृत्वमा एउटा कार्यदलसमेत गठन गरेको छ । कार्यदलको संयोजकमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचेतक गोविन्द लम्साल रहेका छन् । कार्यदललाई १० दिनभित्र आवश्यक […]

मन्त्री ज्वालाद्वारा चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन

काठमाडौँ, ५ असोज । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले चाडपर्व लक्षित यातायात क्षेत्रको सुधार गर्न सर्वपक्षीय कार्यदल गठन गरेका छन् । यातायात क्षेत्रसँग सम्बन्धित सबै पक्षलाई बोलाएर उनले आज छलफल गरेपछि यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालको नेतृत्वमा कार्यदल गठन गरिएको हो । बैठकमा राज्यमन्त्री नन्दा चपार्ईं, बागमती प्रदेश श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण […]

बागमतीमा भगबण्डा मिलाउन चित्रकारको संयोजकत्वमा कार्यदल गठन

हेटौँडा । बागमती प्रदेश सरकारलाई पूर्णता दिन भागबन्डामा समस्या देखिएपछि भागबन्डा मिलाउन ७ सदस्यीय कार्यदल गठन गरिएको छ । पटक–पटक सत्ता गठबन्धनमा संलग्न हुने दलहरूसँगको बैठकपछि पनि नेपाली कांग्रेस बागमती प्रदेशका उपनेता रामकृष्ण चित्रकारको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । कार्यदलमा कांग्रेसबाट ३ जना, माओवादी केन्द्रबाट दुई जना तथा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबाट […]

बागमतीमा मन्त्रालय संख्या घटाउन मुख्यमन्त्रीले बनाए कार्यदल

२६ पुस, हेटौंडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउन प्रमुख सचिवको संयोजकत्वमा कार्यदल गठन गरेको छ । नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले पदभार ग्रहण गर्दै प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेका छन् । कार्यदललाई बागमती प्रदेशमा उपयुक्त मन्त्रालयको संख्या सिफारिस गर्न १५ दिनको समय तोकिएको छ । पाँच सदस्यीय कार्यदलमा आर्थिक […]

विश्वविद्यालयका लागि जग्गा खोजी गर्न कार्यदल गठन

बागमती प्रदेश सरकारले विश्वविद्यालय स्थापना तयारी थालेको छ। विज्ञान प्रविधि विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको प्रदेश सरकारले विश्वविद्यालयका लागि जग्गा खोजी र छनोट गर्न प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिवको संयोजकत्वमा कार्यदल गठन गरेको छ। प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक विकास मन्त्रालयका सचिवको संयोजकत्वमा मुख्यमन्त्री कार्यालयका सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिवलगायत रहेको कार्यदल गठन गर्ने निर्णय गरेको हो।

बागमतीमा संघीय सरकारको सिको, सरकार संचालनका लागि समन्वय कार्यदल गठन

संघीय सरकारको सिको गर्दै बागमती प्रदेशमा पनि प्रदेश सरकार संचालन समन्वय कार्यदल गठन गरिएको छ । बागमती प्रदेश सरकार संचालनमा सहयोग पुर्‍याउने उद्देश्यका लागि भन्दै सत्ता गठबन्धनको सहमतिमा कार्यदल गठन गरिएको...

बागमती प्रदेशमा पनि गठबन्धनको कार्यदल गठन, संयोजकमा दुलाल

केन्द्रमा जस्तै बागमती प्रदेश सरकार सञ्चालनमा सहयोग गर्ने उद्देश्यका साथ सत्तारुढ गठबन्धनका दलहरूले कार्यदल गठन गरेका छन् । नेकपा माओवादी केन्द्रका सांसद युवराज दुलालको संयोजकत्वमा ६ सदस्यीय प्रदेश सरकार सञ्चालन समन्वय कार्यदल गठन गरिएको हो ।मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे, माओवादी संसदीय दलका नेता शालिकराम जम्मकट्टेल, काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँसहितको परामर्शमा कार्यदल गठन भएको हो । कार्यदल सदस्यमा माओवादीबाट बुद्धिमान माझी, नेपाली काँग्रेसबाट राधा घले, प्रभात तामाङ र ने

एमाले बागमती प्रदेशसभा संसदीय दलको बैठक : विधान संशोधन कार्यदल गठन

काठमाडौं : नेकपा एमालेको बागमती प्रदेशको संसदीय दलको बैठकले विधान संशोधन कार्यदल निर्माण गरेको छ। बुधबार मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले  प्रमुख सचेतक केशव पाण्डेको संयोजनमा तीन सदस्यीय कार्यदल गठन गरेको हो। कार्यदलमा पाण्डेसहित नारायण सिलवाल र उर्मिला कर्माचार्य रहेका छन्। बैठकमा माधव नेपाल समूहको तर्फबाट धारण राखेकी अष्टलक्ष्मी शाक्यले अदालतको निर्णयपछि अब पार्टीलाई एकताबद्ध गरेर लानुपर्नेमा जोड दिइन्। पार्टीलाई बलियो बनाउनका लागि मुख्यमन्त्री पौडेलविरुद्ध अ

आज बागमती प्रदेशसभा बैठक, डोरमणिको पद के होला ?

वाग्मती प्रदेशसभाको बैठक आज बस्दैछ । सो बैठकका लागि मंगलबर बसेको कार्य परार्मश समितिको बैठकले मुख्यमन्त्री डोरमणि पौडेलको विरुद्धमा दर्ता भएको अविश्वासको प्रस्तावलाई संसद्को बैठकमा छलफलमा ल्याउने कार्यविधि तयार पार्न नेकपा संसदीय दलका प्रमुख सचेतक केशवराज पाण्डेको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरेको छ ।   कार्यदलमा प्रदेशसभाका सदस्यहरु गणेशप्रसाद दुलाल, राजेन्द्रप्रसाद पाण्डे, बुद्धिमान माझी, शोभा शाक्य, रीना गुरुङ, छिरिङदोर्जे लामा, रीता माझी र पुकार महर्जन रहनुभएको प्रदेशसभा सचिवालयले जनाएको छ । कार्यदलको बैठक बि...