काठमाडौं : नेकपा एमालेको बागमती प्रदेशको संसदीय दलको बैठकले विधान संशोधन कार्यदल निर्माण गरेको छ। बुधबार मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले प्रमुख सचेतक केशव पाण्डेको संयोजनमा तीन सदस्यीय कार्यदल गठन गरेको हो। कार्यदलमा पाण्डेसहित नारायण सिलवाल र उर्मिला कर्माचार्य रहेका छन्। बैठकमा माधव नेपाल समूहको तर्फबाट धारण राखेकी अष्टलक्ष्मी शाक्यले अदालतको निर्णयपछि अब पार्टीलाई एकताबद्ध गरेर लानुपर्नेमा जोड दिइन्। पार्टीलाई बलियो बनाउनका लागि मुख्यमन्त्री पौडेलविरुद्ध अ