वाग्मती प्रदेशसभाको बैठक आज बस्दैछ । सो बैठकका लागि मंगलबर बसेको कार्य परार्मश समितिको बैठकले मुख्यमन्त्री डोरमणि पौडेलको विरुद्धमा दर्ता भएको अविश्वासको प्रस्तावलाई संसद्को बैठकमा छलफलमा ल्याउने कार्यविधि तयार पार्न नेकपा संसदीय दलका प्रमुख सचेतक केशवराज पाण्डेको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरेको छ ।
कार्यदलमा प्रदेशसभाका सदस्यहरु गणेशप्रसाद दुलाल, राजेन्द्रप्रसाद पाण्डे, बुद्धिमान माझी, शोभा शाक्य, रीना गुरुङ, छिरिङदोर्जे लामा, रीता माझी र पुकार महर्जन रहनुभएको प्रदेशसभा सचिवालयले जनाएको छ । कार्यदलको बैठक बि...