न्यून प्रगति गरेको भौतिकलाई २ खर्ब बजेट आवश्यक

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०८०/८१ को मध्यफागुनसम्म २९ प्रतिशत प्रगति प्राप्त गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी आव २०८१/८२ का लागि रू. १ खर्ब ३१ अर्बको सिलिङ पाएको छ । मन्त्रालयले भने रू. २ खर्ब बजेट आवश्यक हुने आकलन गरेको छ । राष्ट्रिय योजना आयोगले दिएको सिलिङ कम भएको मन्त्रालयको भनाइ छ । रू. २ खर्ब बजेट नपाए नयाँ कार्यक्रम अघि बढाउन नसकिने मन्त्रालयले बताएको छ । मन्त्रालयका सचिव केशवकुमार शर्माले आगामी आवका लागि कम्तीमा १० प्रतिशत बजेट बढ्नुपर्ने बताए । पहिले नै ठेक्का सम्झौता भइसकेका परियोजनामा रकम भुक्तानी गर्न नपुगेको, आगामी आवमा काठमाडौं–तराई दु्रर्तमार्गलाई नै ५० अर्ब र सडक विभागका लागि १ खर्ब रुपैयाँ बजेट आवश्यक पर्ने बताउँदै उनले सिलिङ निकै कम भएको बताएका हुन् ।  गत आव २०७९/८० को ७ महीनामा २३ प्रतिशत प्रगति थियो । गत वर्षकै ५/६ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको सचिव शर्माले बताए । ‘त्यो रकम भुक्तानी गर्न सकियो भने ३५ प्रतिशत प्रगति पुग्थ्यो ।’ उनले भने । अहिले प्राप्त भएको सिलिङले आगामी आवमा नयाँ कार्यक्रम नै गर्न सक्दैनौं,’ शर्माले भने, ‘कि त ३/४ वर्ष पुराना काम गरेर नयाँ काम शुरू गरौं भन्नुपर्छ, नभए बजेटको आकार बढाऔं, यही बजेटले काम  गर्न सकिँदैन ।’ पूँजीगत बजेटको ठूलो अंश हुने यो मन्त्रालयको अधिकांश वजेट सडक विभागमा जान्छ । विभागका महानिर्देशक सुशीलबाबु ढकालले चालू आवको यो अवधिसम्म २६ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए । प्रतिनिधिसभाको पूर्वाधार विकास समितिमा विहीवार 'निर्वाचन क्षेत्र जोड्ने रणनैतिक सडक'का विषयमा भएको छलफलमा शर्माले भने, 'हामीलाई कम सिलिङ दिइएको छ । यो त हातखुट्टा बाँधेर पौडी खेल भने जस्तो भएको छ ।' उनले २ वर्ष बजेट किन आवश्यक पन्यो भन्ने विषय पनि खुलाएका छन् । 'पुरानै कामका लागि सडक विभागलाई १ खर्व १ अर्व रुपैयाँ, चालू आवमा ठेक्का लागेका योजनालाई २० अर्व रुपैयाँ, दातृ निकायको सहयोगमा भएका काममा सरकारका तर्फबाट थप्नुपर्ने बजेटका लागि २० अर्ज रुपैयाँ चाहिन्छ,' शर्माले भने, 'यस हिसावले आगामी आवका लागि सडक विभागलाई १ खर्व ३० अर्ज, काठमाडौं-तराई द्रुतमार्गलाई ५० अर्व र यातायात व्यवस्था, जल र रेलका लागि थप वजेट चाहिनेमा १ खर्च २४ अर्वको सिलिङ प्राप्त भएको छ ।' मन्त्रालयको बजेट आव २०७९/८० मा १ खर्व ६५ अर्थ थियो । त्यसयताका वर्षमा गो बजेट क्रमशः घटेको छ ।

सम्बन्धित सामग्री

प्राथमिकता प्राप्त योजनाकै प्रगति न्यून

काठमाडौँ, १८ भदौ । युवा तथा खेलकुद मन्त्रालय मातहत रहेका प्राथमिकता प्राप्त छ योजनामध्ये दुई वटाको वार्षिक प्रगति ५० प्रतिशतभन्दा न्यून रहेको छ । मन्त्रालयको वार्षिक प्रगति समीक्षामा राष्ट्रिय युवा परिचालन र खेलकुद विकास कार्यक्रमको प्रभावकारिता र औचित्य नदेखिएको तथा अर्थ मन्त्रालयबाट बजेट रोकिएपछि प्रगति ५० प्रतिशतभन्दा कम भएको जानकारी दिइयो । मन्त्रालयका प्राथमिकता प्राप्त […]

सडक विभागको प्रगति ७० प्रतिशत

आर्थिक वर्ष २०७८/७९ मा सडक विभागको प्रगति ५८ प्रतिशत रहेकामा आव २०७९/८० मा ७० प्रतिशत भएको छ । अघिल्लो वर्षको तुलनामा गत आवमा प्रगति दर वृद्धि भए पनि अपेक्षा गरेअनुसार नभएको विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए। अन्तिम चौमासिकमा बजेट व्यवस्थापन हुन नसक्दा कामको प्रगति सोचेअनुरुप हुन नसकेको उनको भनाइ थियो । उनले भने, “विभागले ८० […]

कामपाको आर्थिक प्रगति १८ प्रतिशत मात्र, प्रवक्ताको वडाको प्रगति दयनीय

काठमाडौं । काठमाडौं महानगरपालिकाका वडाहरुबाट चालू आर्थिक वर्षको अघिल्लो ६ महिनामा वित्तीय प्रगति दयनीय बनेको छ । महानगरले हिजो सार्वजनिक गरेको तथ्याङ्कअनुसार महानगरको वडा नम्बर १७ को अर्धवार्षिक आर्थिक प्रगति अत्यन्तै कमजोर बनेको छ । कामपाका प्रवक्ता रहेका नवीन मानन्धर अध्यक्ष रहेको सो वडाको आर्थिक प्रगति शून्य दशमलव ७३ प्रतिशत रहेको छ । अधिक वित्तीय […]

सुरुङमार्गको प्रगति ७० प्रतिशत

निर्माणाधिन काठमाडौं–धादिङ जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्गको समग्र प्रगति ७०.२० प्रतिशत पुगेको छ । आयोजनाले प्रगति विवरण जारी गर्दै भनेको छ, ‘काठमाडौं र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६ सय ८८ मिटरमध्ये १ हजार ७ सय ११ मिटर सुरुङ खन्ने काम पूरा भएको छ ।’ गएको महिना आयोजनाको प्रगति ६७ प्रतिशत थियो । निकासी सुरुङमार्गको २५ […]

नारायणगढ–बुटवल सडक निर्माण : प्रगति न्यून

नारायणगढ–बुटवल सडक निर्माणको अवधि सकिँदासम्म भौतिक प्रगति १८ दशमलव ४४ प्रतिशत रहेको छ । खासगरी निर्माण कम्पनीले कतिपय कुरामा ढिलासुस्ती गर्दा र अन्तरनिकाय समन्वय ढिलाइ हुँदा अवधि सकिँदासम्म पनि प्रगति ज्यादै कम पाइएको छ । पूर्वी खण्डमा भौतिक प्रगति १७ दशमलव ७३ प्रतिशत र वित्तीय प्रगति १५ दशमलव १७ प्रतिशत रहेको छ । पश्चिम खण्डमा भौतिक प्रगति १९ दशमलव पाँच प्रतिशत र वित्तीय प्रगति १० दशमलव ७१ प्रतिशत रहेको छ । दुबै प्याकेजमा निर्माणको जिम्मेवारी चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इ

धादिङ-काठमाडौँ सुरुङमार्गको प्रगति ५६ प्रतिशत

निर्माणाधिन नागढुंगा-सिस्नेखोला सुरुङमार्गको समग्र प्रगति ५६ प्रतिशत पुगेको छ । मंगलबार आयोजनाले प्रगति विवरण जारी गर्दै काठमाडौँ र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६ सय ८८ मिटर र निकासी सुरुङमार्ग २५ सय ५७ मिटर सुरुङ खन्ने काम पूरा भएको जनाएको छ।आयोजनाको भौतिक प्रगति ३९ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ४५.५ प्रतिशत र समग्र प्रगति ५६ प्रतिशत छ। मुख्य सुरुङमार्गको फिनिसिङ अर्थात् कंक्रिट लाइनिङको काम सुरु गरिएको आयोजनाले जनाएको छ। सुरुङ छेड्ने कामसँगै आयोजनाले कंक्रिट लाइनिङ (फिनिसि

‘अनुसन्धानमा सकारात्मक प्रगति भएको छ’

काठमाडौँ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले अपराध अनुसन्धानको क्षेत्रमा नेपाल प्रहरीले सकारात्मक प्रगति हासिल गरेको बताएका छन् । नेपाल प्रहरीको आर्थिक वर्ष २०७८र७९ को अर्धवार्षिक कार्यप्रगति समीक्षा कार्यक्रम आज प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उनले प्रहरीको सक्रियताका कारण फैसला कार्यान्वयन, जघन्य अपराध, तस्करी नियन्त्रण तथा अनुसन्धानका क्षेत्रमा सकारात्मक प्रगति भएको तथ्याङ्कले देखाएको बताए । […]

नागढुंगा सुरुङमार्गको भौतिक प्रगति अपेक्षितभन्दा न्यून, २५५ भौतिक प्रगति

निर्माणाधीन नागढुंगा सुरुङमार्ग निर्माणको भौतिक प्रगति २५ प्रतिशत पुगेको छ । यसअघि २५ असोजमा भौतिक प्रगति २३ प्रतिशत थियो । आयोजना कार्यालयले प्रत्येक हप्ता ४ प्रतिशतका दरमा भौतिक प्रगति हुने जानकारी गराएको...

माधव नेपाल भन्छन्– कुराकानीमा कुनै प्रगति भएन

काठमाडौँ। नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलमा कुनै प्रगति नभएको बताएका छन्। छलफलस्थल मेरियट होटलबाट निस्कने क्रममा छोटो प्रतिक्रिया दिँदै नेपालले कुनै प्रगति नभएको बताएका हुन्। उनले भने, “म बोल्दिनँ, बोल्नुपर्ने गरी केही प्रगति भएको छैन।” आज पनि दुई नेताबीच करिब डेढ घण्टा छलफल भएको थियो।

गौरवका योजनाकै प्रगति न्यून

भरतपुर महानगरभित्रका गौरवका  आयोजनाको  प्रगति  सन्तोषजनक  हुन सकेको छैन ।भरतपुर महानगरपालिकाभित्र सञ्चालित गौरवका आयोजनाको   निर्माणमा ढिलासुस्ती भएको महानगर प्रमुख रेनु दाहालले बताइन् ।“भरतपुर महानगरपालिकाभित्र सङ्घ, प्रदेशअन्तर्गत सञ्चालनमा आएका आयोजनाको प्रगति विवरण सन्तोषजनक छैन”,  प्रमुख दाहालले  आयोजनाका  प्रमुख  तथा  ठेकेदारलाई बोलाएर निर्देशन दिइन्,  “राष्ट्रिय  गौरवका आयोजनालाई गति दिन काम थाल्नुस् । ढिला गर्न