एमाले विवादमा सहमति जुटाउने प्रयासस्वरुप वरिष्ठ नेता माधवकुमार नेपालसँग अध्यक्ष ओली पक्षीय नेता सुवास नेम्वाङ र विष्णु पौडेलले भेटवार्ता गर्ने भएका छन् । भेटवार्तामा नेम्वाङ र पौडेलले यसअघि गठित १० सदस्यीय कार्यदलले तयार पारेको १० बुँदे एकता प्रस्तावका बारेमा नेता नेपालसँग छलफल गर्ने बुझिएको छ ।नेता नेपालले कार्यदलको प्रस्ताव एमाले एकताका लागि पुर्ण नभएकाले त्यसलाई संशोधन गर्नुपर्ने बताउँदै आएका छन् । सोही अनुसार नेता नेपालले अध्यक्ष ओली पक्षबाट कार्यदलमा समेत रहेका नेताद्वयसँग छलफल गर्न ल