काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिताबारे राजनीतिक दलहरूसँग छलफल थालेको छ । आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक आचारसंहिता निर्माण गर्न आयोगले दलहरूसँग छलफल सुरु गरेको हो । निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा भर्खरै सुरु भएको छलफलमा आयोगका प्रमुखसहितका आयुक्तहरू, प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, एमालेबाट सुवास नेम्वाङ, एकीकृत समाजवादीबाट अध्यक्ष […]