एकदिवसीय विश्वकपमा भारतको लगातार छैटौं जित, इङ्ल्यान्ड १०० रनले पराजित

घरेलु टोली भारतले आइसिसी एकदिवसीय विश्वकपमा लगातार छैटौं जित निकालेको छ । सोमबार भएको खेलमा साबिक विजेता इङ्ल्यान्डलाई १ सय रनले पराजित गर्दै भारतले प्रतियोगितामा लगातार छैटौं जित निकालेको हो । लखनउस्थित एकान क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २ सय २९ रन बनाएको थियो । …

सम्बन्धित सामग्री

अस्ट्रेलियासँग पराजित भएसँगै इङ्ल्यान्ड विश्व कपबाट बाहिरियो

काठमाण्डाै - साविक विजेता इङ्ल्यान्ड भारतमा चलिरहेको एकदिवसीय विश्व कपबाट बाहिरिएको छ। अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा गएराति सकिएको खेलमा अस्ट्रेलियासँग ३३ रनले पराजित हुँदै इङ्ल्यान्ड जारी विश्व कपबाट बाहिरिएको हो । यसअघि बङ्लादेश पनि विश्व कपबाट बाहिरिएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २ सय ८६ रन बनाएको थियो । दुई सय ८७ रनको लक्ष्य पछ्याउने क्रममा इङ्ल्यान्ड ४८ ओभर १ बलमा दुई सय ५३ रन बनाएर अलआउट भयो । इङ्ल्यान्ड ७ खेलमा २ अङ्क जोडेर प्रतियोगिताबाट बाहिरिएको छ । अब नेदरल्यान्ड्स र पाक...

विश्व कप क्रिकेटमा अफगानिस्तानको ऐतिहासिक जित, इङ्ल्यान्ड ६९ रनले पराजित

काठमाण्डाै - आईसीसी विश्वकप क्रिकेटमा अफगानिस्तानले ऐतिहासिक जित निकालेको छ । गएराति सकिएको खेलमा अफगानिस्तानले साविक विजेता इङ्ल्यान्डलाई ६९ रनले हराएको हो । अफगानिस्तानले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्वकप विजेता इङ्ल्यान्डलाई हराएको हो । जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड ४० ओभर ३ बलमा २ सय १५ रनमै अल आउट भयो । इङ्ल्यान्डका ह्यारी ब्रुकले सर्वाधिक ६६ रन बनाए । उनीबाहेक अन्य कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । डेविड मलानले ३२, अदिल रशिदले २०, मार्क वुडले १८ र रिषी तोप्लेले १५ रन बनाए । ...

बङ्लादेशसँगको पहिलो टी–२० क्रिकेटमा इङ्ल्यान्ड ६ विकेटले पराजित

काठमाण्डाै - टी–२० विश्व कप विजेता इङ्ल्यान्ड बङ्लादेशसँगको पहिलो टी–२० क्रिकेटमा ६ विकेटले पराजित भएको छ । योसँगै घरेलु टोली बङ्लादेशले तीन खेलको टी–२० शृङ्खलामा १–० को अग्रता बनाएको छ। जितको लागि १ सय ५७ रनको लक्ष्य पछ्याएको बङ्लादेशले १८ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । बङ्लादेशका नाज्मुल हसन सान्टोले सर्वाधिक ५१ रन बनाए । इङ्ल्यान्डका जोफ्रा आर्चर, आदिल राशिद, मार्क वुड र मोइन अलीले एक/एक विकेट लिए । टस हारेर पहिला ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५६ रन बन...

टी–२० विश्व कपको उपाधिका लागि आज इङ्ल्यान्ड र पाकिस्तान भिड्दै

काठमाडौं :  आईसीसी टी–२० विश्व कप क्रिकेटको उपाधिका लागि आज इङ्ल्यान्ड र पाकिस्तान भिड्दैछन्।  अस्ट्रेलियाको मेलबर्न मैदानमा खेल नेपाली समय अनुसार दिउँसो पौने दुई बजे सुरु हुनेछ। इङ्ल्यान्ड र पाकिस्तान तेस्रो पटक फाइनलमा पुगेका हुन्। यो संस्करणको विजेताले दोस्रो पटक उपाधि जितेर वेस्ट इन्डिजसँगको रेकर्ड बराबरी गर्नेछ। वेस्ट इन्डिज समूह चरणबाटै बाहिरियो।पाकिस्तानले सेमिफाइनलमा न्युजिल्यान्डलाई हराएको थियो भने इङ्ल्यान्डले भारतलाई १० विकेटले हराएको थियो। लगातार दुई खेलमा प

विश्वकपको उपाधिका लागि पाकिस्तान र इङ्ल्यान्ड खेल्दै

काठमाडौं – आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधिका लागि आइतबार पाकिस्तान र इङ्ल्यान्ड खेल्दैछन्। अष्ट्रेलियाको एमसीजी रङ्गशालामा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ। पाकिस्तानले सेमिफाइनलमा न्युजिल्यान्डलाई पराजित गरेको थियो भने इङ्ल्यान्डले भारतलाई पराजित गरेर फाइनलमा स्थान बनाएको हो। फाइलन इङ्ल्याण्ड र पाकिस्तान जुन टोलीले जिते पनि उसको लागि यो दोस्रो विश्वकपको […]

टी–२० विश्व कप : फाइनल पुग्न आज भारत र इङ्ल्यान्ड खेल्दै

काठमाण्डाै - आईसीसी टी–२० विश्व कप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज भारत र इङ्ल्यान्ड खेल्दैछन् । खेल अस्ट्रेलियाकाे एडिलेडमा दिउँसो पौने दुई बजे सुरु हुनेछ । भारत सुपर–१२ समूह ‘२’ को विजेता र इङ्ल्यान्ड समूह ‘१’ को उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । भारतले पाकिस्तान, नेदरल्यान्ड्स, बङ्लादेश र जिम्बाव्बेलाई हराएको थियो भने दक्षिण अफ्रिकासँग पराजित भएको थियो । यस्तै इङ्ल्यान्ड अफगानिस्तान, न्युजिल्यान्ड र श्रीलङ्कालाई हराएको थियो । इङ्ल्यान्ड आयरल्यान्डसँग पराजित भएको...

टी–२० विश्व कप : श्रीलङ्का र अफगानिस्तान तथा इङ्ल्यान्ड र न्युजिल्यान्ड खेल्दै

काठमाण्डाै - टी–२० विश्व कप क्रिकेटमा आज दुई वटा खेल हुँदैछ । आज श्रीलङ्का र अफगानिस्तान तथा इङ्ल्यान्ड र न्युजिल्यान्डबीच खेल हुनेछ । सुपर १२ को समूह ‘१’ का यी खेल अस्ट्रेलियाको ब्रिस्वेनमा हुनेछन् । आजको पहिलो खेलमा बिहान पौने १० बजे श्रीलङ्का र अफगानिस्तानबीच खेल हुनेछ । श्रीलङ्का र अफगानिस्तानको समान तीन खेलमा २ अङ्क छ । सुपर १२ मा आयरल्यान्डलाई हराएको श्रीलङ्का अस्ट्रेलिया र न्युजिल्यान्डसँग पराजित भएको थियो । त्यस्तै, अफगानिस्तान इङ्ल्यान्डसँग हारेको थियो भने न्युजिल्यान्ड र आयरल्यान्डसँग खेल वर्षाले प्...

टी–ट्वान्टी विश्वकपमा आयरल्यान्डसँग  इङ्ल्यान्ड पराजित

आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गत सुपर १२ मा आयरल्यान्डले पहिलो जित निकालेको छ । बुधबार आयरल्यान्डले इङ्ल्यान्डमाथि डीएल पद्धतिको आधारमा ५ रनको जित निकालेको हो ।मेलबर्न क्रिकेट ग्राउण्डमा आयरल्यान्डले दिएको १५८ रनको लक्ष्यसहित इङ्ल्यान्डले जवाफी ब्याटिङ गरिरहँदा खेल वर्षाले प्रभावित गरेको थियो । वर्षाले खेल रोकिनु अघि इंग्ल्यान्डले १४ ओभर ३ बलमा ५ विकेट गुमाएर १०५ रन बनाएको थियो ।इङ्ल्यान्ड लागि डेविड मालनले ३५ रन जोड्दा मोइन अलीले अविजित २४ रन बनाए । ह्यारी ब्रुक्स १८ रनमा आउट भए । आयरल

इङ्ल्यान्ड युरोकपको फाइनलमा

काठमाडौं, साउन ११ । घरेलु टोली इङ्ल्यान्ड युईएफए वुमेन्स युरोकपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको पहिलो सेमिफाइनल खेलमा स्वीडेनलाई ४-० गोलले पराजित गर्दै इङ्ल्यान्ड दोस्रोपटक युरोकपको फाइनलमा प्रवेश गरेको हो । ब्रामल लेनमा भएको खेलमा इङ्ल्यान्डलाई जीत दिलाउन बेथ मेड, लुसी ब्रोन्ज, एलेस्सिया रुसो र फ्रान किर्बीले समान एक/एक गोल गरे । […]

जर्मनीमाथी ५५ वर्षपछि जित हात पार्दै इङ्ल्यान्ड युरो कपको क्वाटरफाइनलमा

सर्वाधिक विजेतामध्येको एक जर्मनीलाई २-० गोलले पराजित गर्दै इङ्ल्यान्ड युरो कप २०२० को क्वाटरफाइनलन पुगेको छ। मंगलबार राती आफ्नै घरेलु मैदान वेम्बलीमा भएको खेलमा इङ्ल्यान्डका लागि रहिम स्टर्लिङ र हेरी केनले एक एक गोल गरे। स्टर्लिङले ७५ र कप्तान केनले ८० औँ मिनेटमा गोल गरेका थिए। इङ्ल्यान्डले कुनैपनि प्रतियोगिताको नकआउट चरणमा ५५ वर्षपछि जर्मनीलाई हराएको […]