काठमाण्डाै - साविक विजेता इङ्ल्यान्ड भारतमा चलिरहेको एकदिवसीय विश्व कपबाट बाहिरिएको छ।
अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा गएराति सकिएको खेलमा अस्ट्रेलियासँग ३३ रनले पराजित हुँदै इङ्ल्यान्ड जारी विश्व कपबाट बाहिरिएको हो । यसअघि बङ्लादेश पनि विश्व कपबाट बाहिरिएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २ सय ८६ रन बनाएको थियो । दुई सय ८७ रनको लक्ष्य पछ्याउने क्रममा इङ्ल्यान्ड ४८ ओभर १ बलमा दुई सय ५३ रन बनाएर अलआउट भयो ।
इङ्ल्यान्ड ७ खेलमा २ अङ्क जोडेर प्रतियोगिताबाट बाहिरिएको छ । अब नेदरल्यान्ड्स र पाक...