विश्व कप क्रिकेटमा अफगानिस्तानको ऐतिहासिक जित, इङ्ल्यान्ड ६९ रनले पराजित

काठमाण्डाै - आईसीसी विश्वकप क्रिकेटमा अफगानिस्तानले ऐतिहासिक जित निकालेको छ । गएराति सकिएको खेलमा अफगानिस्तानले साविक विजेता इङ्ल्यान्डलाई ६९ रनले हराएको हो । अफगानिस्तानले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्वकप विजेता इङ्ल्यान्डलाई हराएको हो । जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड ४० ओभर ३ बलमा २ सय १५ रनमै अल आउट भयो । इङ्ल्यान्डका ह्यारी ब्रुकले सर्वाधिक ६६ रन बनाए । उनीबाहेक अन्य कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । डेविड मलानले ३२, अदिल रशिदले २०, मार्क वुडले १८ र रिषी तोप्लेले १५ रन बनाए । ...

सम्बन्धित सामग्री

ऐतिहासिक जितपछि खेलाडीकाे मनाेबल बढ्याे : कप्तान पाैडेल

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले ऐतिहासिक जित निकाल्दा आफ्नो टोली निकै उत्साहित भएको बताएका छन् ।  कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा मङ्गलवार भएकाे आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नामिबियासँगकाे खेलमा दुई विकेटको जितपछि बोल्दै कप्तान रोहितले जितबाट टोलीको हौसला बढेको बताए । यो जितपछि खेलमा लय मिलेको र आउँदा दिनमा यस लयलाई निरन्तरता दिनुपर्ने उनले बताए । डगआउटमा प्रशिक्षकले दिएको हौसलाबाट ठूलो लक्ष्य पनि स...

टी–२० विश्व कप क्रिकेट सुपर १२ मा आज भारत र पाकिस्तान खेल्दै

काठमाण्डाै - टी–२० विश्व कप क्रिकेट सुपर १२ मा आज पनि दुई वटा खेल हुँदैछ। आज भारत र पाकिस्तान तथा श्रीलङ्का र आयरल्यान्डबीच खेल हुनेछ । भारत र पाकिस्तानबीचको खेल दिउँसो पौने २ बजे मेलवर्नमा सुरु हुनेछ । भारत र पाकिस्तानबीचको यो खेललाई निक्कै महत्त्वका साथ हेरिएको छ । अहिलेसम्म भारत र पाकिस्तान १३ पटक खेलेका छन् । सन् २०२१ मा भएको खेलमा भारतलाई १० विकेटले हराउँदै पाकिस्तानले ऐतिहासिक जित निकालेको थियो । सन् १९९२ यताका १२ खेलमा पाकिस्तान पराजित भएको थियो । त्यसअघि आजको पहिलो खेलमा श्रीलङ्का र आयरल्यान्ड खेल्द...

विश्व कप क्रिकेट लिग–२ मा स्कटल्यान्डमाथि नेपालको ऐतिहासिक जित

काठमाण्डाै - विश्व कप क्रिकेट लिग–२ अन्तर्गत नेपालले स्कटल्यान्डमाथि ऐतिहासिक जित निकालेको छ । त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा नेपालले घरेलु टोली स्कटल्यान्डलाई ५ विकेटले हराएको हो । यो खेलमा ओपनर आसिफ शेख र तीव्र गतिका बलरले राम्रो प्रदर्शन गरेपछि नेपालले पहिलो पटक स्कटल्यान्डलाई हरायो । यसअघि नेपालले एक दिवसीय र टी–२० खेलमा स्कटल्यान्डलाई हराउन सकेको थिएन। हिजो भएको खेलमा जितका लागि पाएको १ सय ४५ रनको लक्ष्य नेपालले २५ ओभर १ बलमा ५ विकेट गुमाउँदै भेट्टायो । यो जितसँगै नेपाल अङ्क तालिकामा पाँचौँ ...