नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले नै एमसीसीको विरोध गरेको र उनीहरुले नै अनुमोदन गरेको बताएका छन् । साथै उनले एसपीपीका बारेमा आफूले कुनै स्वीकृति वा हस्ताक्षर नगरेको पनि बताए । ओलीले एसपीपीबारे अमेरिकालाई लेखेको पत्र हातले लेखेको भएपनि आफूलाई जानकारी नभएको र सोझै सेनाले पत्र लेख्नु गलत भएको भन्दै आफूले थाहा पाएको भए त्यसरी पत्र लेख्न स्वीकृति नदिने बताए । ‘त्यतिबेलाका प्रधानसेनापति यही धर्तीमा हुनुहुन्छ । फोन गर्नुस् न । एउटा बोल्नु नहुने मान्छे, वेमौस