राष्ट्रिय परीक्षा बोर्डले साविकको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) लाई कायमै राख्न प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिसमक्ष आग्रह गरेको छ । विद्यालय शिक्षा विधेयक, २०८० माथि सुझाव दिने क्रममा आज राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले हाल सञ्चालन भइरहेको परीक्षालाई कायम राख्न र यसलाई प्रदेश सरकारबाट सञ्चालन गर्न सुझाव दिनुभयो । …
प्रतिनिधि सभा सदस्य रघुजी पन्तले कक्षा १० को नेपाली विषयको पाठ्यक्रमबाट सन्दुक रुइतको जिवनी हटाइएको भन्दै शिक्षा मन्त्रीसँग हटाइनुको कारण माग गरेका छन्।...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षा तथा मानवस्रोत विकास केन्द्रले विद्यालयले लिने कक्षा १० सम्मको सबै परीक्षाहरु २०७९ वैशाखमा मात्र सञ्चालन गर्न र वैशाखभित्र नै नतिजा प्रकाशन गर्न निर्देशन दिएको छ ।मंगलबार जारी गरिएको सूचनाका अनुसार शैक्षिक सत्र २०७८ मा ओमिक्रोन (कोभिड १९) संक्रमणका कारण विद्यालयको दैनिक सिकाइ क्रियाकलापमा असर परेकोले शैक्षिक सत्र २०७८ को पठनपाठन, परीक्षा तथा २०७९ को नयाँ भर्नाको समयमा परिवर्तन भएको हो । केन्द्रले विद्यार्थीको पठनपाठनमा अधिकतम समय र प्राथम
लमजुङ । लमजुङका कक्षा–१० मा अध्ययन गर्ने १५ वर्षीय बालकले ड्रोन बनाएर उडाएका छन् । सदरमुकाम बेंसीसहर नगरपालिका–३ बहुनबेसीस्थित यशोब्रह्म माविमा अध्ययनरत किरण अधिकारीले पछिल्लोपटक ड्रोन बनाएका हुन् । उनले कक्षा ४ मा पढ्दाखेरि नै बालबालिकाले खेलाउने गाडी बनाएका थिए । त्यसपछिका दिनमा पनि उनले लाइट, फोन, वाटर पम्प, इलेक्ट्रिक म्यागेन, एक्जाभेटर, डोजरलगायत निर्माण गरिसकेका […]
The post कक्षा १० अध्ययन गर्ने १५ वर्षीय बालकले बनाए ड्रोन appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडौं । वैशाख ९ गतेबाट सञ्चालन हुने कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा तालिका सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार वैशाख ९ गते अनिवार्य अंग्रेजी र वेदविद्याश्रमतर्फः अनिवार्य संस्कृत भाषा र साहित्य/अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ । नियमित, ग्रेडवृद्धि तथा प्राविधिकतर्फका सवै परीक्षा […]
कक्षा १० का विद्यार्थीको परीक्षाका लागि छापिएको करोडौं रुपैयाँको प्रश्नपत्र प्रयोगविहीन (अलपत्र) परेको छ । कक्षा १० को नियमित पुरक तर्फको परीक्षाका लागि छापिएको २ करोड २० लाख ५७ हजारको प्रश्नपत्र अलपत्र परेको हो ।जनक शिक्षा सामग्री केन्द्रले प्रतिगोटा ३ रुपैयाँ ८५ पैसामा ५० लाख ७० हजार वटा प्रश्नपत्र छापेको थियो । उक्त प्रश्नपत्र छपाइपछि प्याकिङ सहितको २ करोड २० लाख रुपैयाँ सामग्री केन्द्रलाई भुक्तानी भइसकेको छ ।प्रश्नपत्र छापेर प्याकिङ सहितको रकम भुक्तानी भइसकेपछि तत्कालिन केपी शर्माओली सरकारले
काठमाडौँ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले शुक्रबार गरेको अध्ययन प्रतिवेदनले कक्षा १० को शैक्षिक उपलब्धि बढेको उल्लेख गरेको छ । शिक्षा पत्रकार सञ्जालले शुक्रबार गरेको कार्यक्रममा केन्द्रले सन् २०११ कक्षा १० को शैक्षिक उपलब्धि ४१ प्रतिशत रहेकोमा २०२० मा ५० प्रतिशत पुगेको जानकारी गराएको हो । केन्द्रका महानिर्देशक शिवकुमार सापकोटाले अहिलेको उपलब्धिमै सन्तुष्ट भने हुन […]
एजेन्सी, १ वैशाख । भारतमा सीबीएसई बोर्ड अन्तर्गत कक्षा १० को परीक्षा रद्द भएको छ । कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी भारत सरकारले परीक्षा स्थगित गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बुधबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शिक्षा मन्त्रालयका दुई वरिष्ठ अधिकारीलाई भेटेपछि परीक्षा रद्दको निर्णय भएको हो । अब कक्षा १० को नतिजा वस्तुनिष्ठ मापदण्डका […]