राप्ती गाउँपालिकामा नवनिर्वाचित अध्यक्षको पहिलो निर्णयः कक्षा १० सम्म निःशुल्क शिक्षा

दाङ – राप्ती गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष प्रकाश विष्टले कक्षा १० सम्मको पठनपाठन निःशुल्क बनाउने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन्। नयाँ आर्थिक वर्षदेखि लागू हुनेगरी सामुदायिक विद्यालयमा कक्षा १० सम्मको पठनपाठन निःशुल्क गराउने निर्णयमा हस्ताक्षर गरेका हुन्। ‘यो निर्णय साउन १ गतेबाट लागू हुन्छ। विद्यालयको पठनपाठन पूर्ण निःशुल्क बनाउने अभियानअन्तर्गत यो निर्णय गरेका हौं’, उनले भने, […]