पुलको काम अलपत्र छोडी पूर्वमन्त्री पाण्डेको कम्पनी सम्पर्कविहीन

दक्षिणी भोजपुरको लाइफलाइन मानिएको उदयपुरको मैनामैनी र भोजपुरको चुहार जोड्ने दुधकोसी नदीमाथि मोटरेबल पुल शिलान्यास हुँदा स्थानीय ज्यादै खुसी भएका थिए।...

सम्बन्धित सामग्री

चितवनमा तीन निर्माण कम्पनी कालोसूचीमा

चितवन। चितवनका विभिन्न ठाउँमा विकास निर्माणका काम अलपत्र पार्ने तीन निर्माण कम्पनी कालोसूचीमा परेका छन् । चितवनमा विकास निर्माणका काम अलपत्र पार्ने तीन कम्पनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरीद अनुगमन कार्यालयले सूचना प्रकाशित गरेर कालोसूचीमा राखेको हो । कालोसूचीमा पर्ने पहिलो कम्पनीमा खोपनिधि लोहनी, शंकरप्रसाद लोहनी र लेखनिधि लोहनीको निर्माण कम्पनी लोहनी एण्ड बदर्श रहेको छ । भरतपुर महानगरपालिकाको वडा नं ७ मा रहेको यो कम्पनी सडक डिभिजन कार्यालय, भरतपुरको सिफारिसमा तीन वर्षका लागि कालोसूचीमा परेको हो । सडक डिभिजन कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर शाहका अनुसार यो कम्पनीले राप्ती नगरपालिकाको बुढीखोलामा पुलको काम अलपत्र पारेको थियो । ‘कम्पनीले काम गर्दागर्दै अलपत्र पारेर सम्पर्कविहीन भयो । पटकपटक म्याद थप र ताकेता गर्दा पनि काम नगरेपछि कालोसूचीमा राखिएको हो,’ उनले भने । कालोसूचीमा पर्ने पहिलो कम्पनीमा खोपनिधि लोहनी, शंकरप्रसाद लोहनी र लेखनिधि लोहनीको निर्माण कम्पनी लोहनी एण्ड बदर्श रहेको छ । यसैगरी रत्ननगर नगरपालिकाको सिफारिसमा रत्ननगर नगरपालिकाको वडा नं ८, ९ र १० मा सडक निर्माण अलपत्र पार्ने दुई कम्पनी हेटौंडाका निर्माण न्यौपानेको कम्पनी शिवालय बिल्डर्स र काठमाडौंका स्वप्निल पौडेलको कम्पनी एसबीएस इञ्जिनियरिङ एशोसिएट्सलाई पनि कालोसूचीमा राखिएको छ । शिवालयलाई एक वर्ष ६ महीना र एसबीएसलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ ।  रत्ननगर नगरपालिकाका इञ्जिनियर कृष्णप्रसाद उपाध्यायले ती दुई कम्पनीलाई पटकपटक म्याद थपेर अवसर दिए पनि १२ प्रतिशतभन्दा बढी काम नगरेको बताए । उनले भने, ‘दुवै कम्पनीलाई बारम्बार ताकेता गर्दा पनि काम गर्न सकेनन् । सार्वजनिक सुनुवाइमा समेत आएनन् ।’ दुवै कम्पनीले सडक कालोपत्र र सडक सौन्दर्यकरणको ठेक्का पाएका थिए । यीसँगै देशभरका २२ ओटा निर्माण कम्पनी कालोसूचीमा परेको कार्यालयको सूचनामा उल्लेख छ ।

विद्युतीकरणको काम अलपत्र, ठेकेदार सम्पर्कविहीन

खाेटाङ ।  ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण  खोटाङको खोटेहाङ गाउँपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा विद्युतीकरणको काम अलपत्र परेको छ । ठेकेदार कम्पनी अजिमा–मरिन–चन्द्रकुमारी थापा जेभी, काठ्माडौंको लापरवाहीका कारण खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरी र खोटेहाङ गाउँपालिका–२ वाप्लुखा तथा दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरी र दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीको ग्रामिण विद्युतीकरणको काम अलपत्र परेको हो । सम्झौताअनुसार गत असारमै विद्युतीकरणको […]

ठेकेदार सम्पर्कविहीन हुँदा मुख्य बजारकै सडक निर्माण कार्य अलपत्र

खोटाङ – खोटाङको ऐसेलुखर्क गाउँपालिकाको केन्द्र ऐसेलुखर्क बजारकाे सडकमा ढलानको जिम्मा लिएको निर्माण व्यवसायी सम्पर्कविहीन बनेको छ । १६ असार २०७९ सम्ममा सम्पन्न गर्नेगरी १ चैत २०७८ मा ऐसेलुखर्कबजारको ७३ मिटर खण्ड ढलानको जिम्मा पाएको निर्माण कम्पनी केपी कन्स्ट्रक्सन विरेन्द्रनगर सम्पर्कविहीन बनेको हो । करिब ६० प्रतिशत काम सकेपछि निर्माण व्यवसायीले बजार ढलानको काम अलपत्र पारेको सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाका इन्जिनियर विनोदकुमार मण्डलले बताउनुभयो । सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाको भ्याटसहित...

बजार ढलानको ठेक्का लिएका ठेकेदार सम्पर्कविहीन

खोटाङ – खोटाङको ऐसेलुखर्क गाउँपालिकाको केन्द्र ऐसेलुखर्कबजार ढलानको जिम्मा लिएको निर्माण व्यवसायी सम्पर्कविहीन बनेको छ। १६ असार ०७९ सम्ममा सम्पन्न गर्नेगरी १ चैत २०७८ मा ऐसेलुखर्कबजारको ७३ मिटर खण्ड ढलानको जिम्मा पाएको निर्माण कम्पनी केपी कन्ट्रक्सन वीरेन्द्रनगर, सुर्खेत सम्पर्कविहीन बनेको हो। करिब ६० प्रतिशत काम सकेपछि निर्माण व्यवसायीले बजार ढलानको काम अलपत्र पारेको छ। सघन […]

ठेकेदार कम्पनी सम्पर्कविहीन हुँदा अलपत्र बन्यो मध्यपहाडी लोकमार्गको काम

ढोरपाटन : राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ अक्षते-घोडाबाँधे खण्ड कालोपत्रे जिम्मा लिएको ठेकेदार सम्पर्कविहीन हुँदा लोकमार्गको काम ठप्प भएको छ। निर्माण जिम्मा लिएको श्रेष्ठ निर्माण तथा ढुवानी सेवाका प्रमुख रामकाजी श्रेष्ठ करिब एक महिनादेखि सम्पर्कविहीन हुँदा करिब १२ किलोमिटर सडकको काम अलपत्र परेको हो। आर्थिक वर्ष २०७२/०७३ मा यस…

२९ किलोमिटर पार गर्न दिनभर

मन्थली नगरपालिका–४ सालुदेखि देउराली हुँदै ओखलढुंगाको सीमावर्ती बजार साँघुटार जोड्ने सडकको लम्बाइ २९ किलोमिटर मात्रै छ । कालोपत्र गर्ने तयारी गरिए पनि निर्माण कम्पनी सम्पर्कविहीन हुँदा काम अलपत्र छ ।

मैलुङ–स्याफ्रुबेँसी सडक निर्माण  अलपत्र, ठेकेदार सम्पर्कविहीन

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेँसी सडकखण्डको स्तरोन्नतिको काम अलपत्र परेको छ । सडक स्तरोन्नतिको जिम्मा लिएको ठेकेदार कम्पनी सम्पर्कविहीन भएपछि नाका जोड्ने छोटो दूरीको सडक स्तरोन्नतिको काम...

ठेकेदार सम्पर्कविहीन हुँदा नगरपालिकाको भवन निर्माण अलपत्र

काभ्रेपलाञ्चोक : निर्माणको जिम्मा लिएको कम्पनी सम्पर्कविहीन भएपछि पाँचखाल नगरपालिका भवनको तला थप गर्ने काम अलपत्र परेको छ। सम्झौता भएको वर्ष दिन बित्न लाग्दा पनि निर्माण सुरसार नै भएको छैन। नगरपालिकाले भवनको तला थप गर्न एस.एम. आर/इजी जेभी, काभ्रेका गणेश बाँस्कोटाले ०७४ माघ २ मा सम्झौता गरेका थिए। नगरपालिकाका प्रमुख प्रशासक...

पातिहाल्ने–लुकुम सडकखण्ड डेढ वर्षदेखि अलपत्र

पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत जिल्लाको भूमे गाउँपालिका–१, पातिहाल्ने–लुकुम खण्डको १३ किलोमिटर सडक कालोपत्रेको काम अलपत्र परेको छ। आर्थिक वर्ष २०७२/७३ मा कालोपत्रे तयारी कामका लागि लागेको ठेक्का पछिल्लो डेढ वर्षदेखि काम हुन सकेको छैन। कालोपत्रेका लागि जिम्मा पाएको सिद्धि शाही प्रकाश कन्स्ट्रक्सन प्रालि सम्पर्कविहीन भएको छ। मध्यपहाडी लोकमार्ग योजना कार्यालय दैलेखका इन्जिनियर हुमनाथ पौडेलका अनुसार कालोपत्रेका लागि ठेक्का पाएको निर्माण कम्पनी डेढ वर्षदेखि सम्पर्कमा छैन। उहाँले भन्नुभयो, “कालोपत्रेका लागि पटक–पटक ताकेता गरियो तर निर्माण व्यवसायीले समयमै काम सम्पन्न गर्न सकेन। पछिल्लो समयमा ठेकेदार सम्पर्कविहीन भए।”