बजार ढलानको ठेक्का लिएका ठेकेदार सम्पर्कविहीन

खोटाङ – खोटाङको ऐसेलुखर्क गाउँपालिकाको केन्द्र ऐसेलुखर्कबजार ढलानको जिम्मा लिएको निर्माण व्यवसायी सम्पर्कविहीन बनेको छ। १६ असार ०७९ सम्ममा सम्पन्न गर्नेगरी १ चैत २०७८ मा ऐसेलुखर्कबजारको ७३ मिटर खण्ड ढलानको जिम्मा पाएको निर्माण कम्पनी केपी कन्ट्रक्सन वीरेन्द्रनगर, सुर्खेत सम्पर्कविहीन बनेको हो। करिब ६० प्रतिशत काम सकेपछि निर्माण व्यवसायीले बजार ढलानको काम अलपत्र पारेको छ। सघन […]

सम्बन्धित सामग्री

निर्माण व्यवसायी सम्पर्कविहीन

धान फल्ने खेतमा ढुङ्गा थुपारेर निर्माण व्यवसायी (ठेकेदार) सम्पर्कविहीन भएका छन् । सिगास गाउँपालिका जाने मूल सडक सुधार गर्न एक करोड रुपियाँको ठेक्का हात पारेका ठेकेदार फरार भएका हुन् । सडक सुधारका नाममा खेतमा ढुङ्गा फालेर ठेकेदार सम्पर्कविहीन भएको स्थानीयले बताएका छन् । सिगास–३, सिन्याखेतबाट गाउँपालिका केन्द्र गर्जे जाने २१ किलोमिटर सडक सुधार गर्न एक करोड रुपियाँमा ठेक्का लगाइएको थियो । ठेकेदारले सडक सुधारको काम अधुरै छाडेर उल्टै स्थानीयको खेतमा ढुङ्गा फालेर सम्पर्कविहीन भएको स्थानीय घनश्याम धामीले बताउनुभयो । यस विषयमा पालिकालाई कुनै जानकारी नआएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताउनुभयो । “सम्झौता अनुसारको काम गर्न ठेकेदारलाई पत्राचार गरेका छौँ,” प्रशासकीय अधिकृत अवस्थीले भन्नुभयो, “सम्झौता अनुसारको काम नगरे ठेक्का तोडेर धरौटी जफत गर्ने प्रक्रियामा जान्छौँ ।”

पुल निर्माणको ठेकेदार सम्पर्कविहीन, ६ वर्षदखि योजना अलपत्र

ठेक्का लागेको १५ वर्षकाे अवधि पूरा हुँदा समेत तमोर नदी माथि (लिम्बूनी पुल नजिक) निर्माण हुने भनिएको पक्की पुल बन्ने सुरसार नभएपछि जनदबाब बढाउन थालिएको छ।

ठेकेदार सम्पर्कविहीन हुँदा कुश्मिसेरा-राङ्खानी सडक खण्ड अलपत्र

गलकोट– निर्माण व्यवसायीले सरसर्ती काम गरेको भए दुई वर्षअगावै बागलुङ जिल्लाको दक्षिण भेगकको मुख्य सडकका रुपमा रहेको कुश्मिसेरा-राङ्खानी सडक कालोपत्र भइसक्थ्यो ।  निर्माण व्यवसायीको चरम लापर्बाहीका कारण अहिले कुश्मिसेरा-नाम्दुक हुँदै राङ्खानी सडक अलपत्र परेको छ । दुई वर्ष पहिलै कालोपत्र सक्नेगरी ठेक्का सम्झौता भएको सडकको चार वर्ष पुग्नै लाग्दा आधा मात्रै काम भएको छ । […]

अस्पतालको काम छाडेर ठेकेदार सम्पर्कविहीन

रामेछाप – भवन निमार्णकाे जिम्मा लिएकाे ठेकेदार कम्पनी काम छाडेर सम्पर्कविहीन भएपछि रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–२ दोरम्बामा निर्माणाधीन १५ शय्याकाे दोरम्बा अस्पतालको निमार्ण काम एक वर्षदेखि अलपत्र परेको छ । दोरम्बा अस्पताल भवन निमार्ण गर्न आरोग्य सुवेदी जेभी कम्पनीले भ्याट र पीएससहित ११ करोड ३० लाख ११ हजार रुपैयाँमा २०७८ सालकाे चैत १६ गतेसम्म सम्पन्न गर्ने गरी २०७७ चैत १७ गते ठेक्का सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले २ करोड २६ लाख रुपैयाँ निकालेर भवनको जग र पिलर हाल्ने काम गरेपछि बीचमै...

ठेकेदार सम्पर्कविहीन, मैलुङ–स्याफ्रु सडक खण्ड स्तरोन्नति अलपत्र

राष्ट्रिय गौरवको योजना गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडकको ठेकेदार कम्पनीले बीचमै काम छोडी सम्पर्कविहीन हुँदा मैलुङ–स्याफ्रुखण्डको स्तरोन्नति एवं सुधार अलपत्र परेको छ । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको बेत्रावती–मैलुङ–स्याफबेंसी सडक मैलुङदेखि स्याफ्रुबेसीसम्म १७ किलोमिटर भू–भागको सडक स्तरोन्नति टेवापर्खाल, नाली निर्माण एवं कालोपत्रेसमेतका कार्य सम्पन्न गर्न ठेक्का पाएको भारत÷सिद्धिशाही कन्

लाम्पाटा–दरबाङ सडकका ठेकेदार नौ महिनापछि काममा फर्किए

म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो खण्डका ठेकेदार नौ महिनापछि काममा फर्किएका छन् । ठेकेदार सम्पर्कविहीन हुँदा सर्वसाधारण जीर्ण, कच्ची, धुलाम्मे र हिलाम्मे सडकमा जोखिम तथा सास्तीपूर्ण यात्रा गर्न बाध्य भएको समाचार मङ्सिर अन्तिम साता राससमार्फत विभिन्न सञ्चारमाध्यममा प्रकाशन÷प्रसारण भएको थियो । पूर्वाधार विकास कार्यालय म्याग्दीसँग मङ्गला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको आठ किलोमिटर सडक कालोपत्र गर्न ठेक्का सम्झौता गरेको बिरुवा–क्

ठेकेदार सम्पर्कविहीन, कालोपत्रको काम अलपत्र

सडक कालोपत्र गर्ने ठेक्का पाएका ठेकेदार नै महिनौँदेखि सम्पर्कविहीन भएपछि जिल्लाको दिपायल सिलगढी नगरपालिका–३ पक्की पुलदेखि एरपोर्टसम्म जोड्ने सडकको काम अलपत्र परेको छ ।

अस्पताल निर्माण अलपत्र ठेकेदार सम्पर्कविहीन

सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका चनौटेमा अस्पताल निर्माण अलपत्र भएको छ। १० शय्याको अस्पताल निर्माण सम्पन्न हुनुपर्ने म्याद सकिन एक हप्ता बाँकी रहँदासमेत ठेकेदार भवन निर्माण नगरी सम्पर्कविहीन भएका छन्। उक्त अस्पताल निर्माणका लागि जुगल गाउँपालिका र महादेव खिम्ती अञ्जना ताक्सार जेभी काठमाडौँबीच २०७८ साउन ३१ गते आठ करोड १० लाख ८५ हजार ५२२ रुपियाँ ८० पैसामा ठेक्का सम्झौता भएको थियो।