ठेकेदार सम्पर्कविहीन हुँदा मुख्य बजारकै सडक निर्माण कार्य अलपत्र

खोटाङ – खोटाङको ऐसेलुखर्क गाउँपालिकाको केन्द्र ऐसेलुखर्क बजारकाे सडकमा ढलानको जिम्मा लिएको निर्माण व्यवसायी सम्पर्कविहीन बनेको छ । १६ असार २०७९ सम्ममा सम्पन्न गर्नेगरी १ चैत २०७८ मा ऐसेलुखर्कबजारको ७३ मिटर खण्ड ढलानको जिम्मा पाएको निर्माण कम्पनी केपी कन्स्ट्रक्सन विरेन्द्रनगर सम्पर्कविहीन बनेको हो । करिब ६० प्रतिशत काम सकेपछि निर्माण व्यवसायीले बजार ढलानको काम अलपत्र पारेको सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाका इन्जिनियर विनोदकुमार मण्डलले बताउनुभयो । सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाको भ्याटसहित...