ठेकेदार कम्पनी सम्पर्कविहीन हुँदा अलपत्र बन्यो मध्यपहाडी लोकमार्गको काम

ढोरपाटन : राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ अक्षते-घोडाबाँधे खण्ड कालोपत्रे जिम्मा लिएको ठेकेदार सम्पर्कविहीन हुँदा लोकमार्गको काम ठप्प भएको छ। निर्माण जिम्मा लिएको श्रेष्ठ निर्माण तथा ढुवानी सेवाका प्रमुख रामकाजी श्रेष्ठ करिब एक महिनादेखि सम्पर्कविहीन हुँदा करिब १२ किलोमिटर सडकको काम अलपत्र परेको हो। आर्थिक वर्ष २०७२/०७३ मा यस…

सम्बन्धित सामग्री

साप्सुखोला–मानेभञ्ज्याङ–पाँचधारे सडक स्तरोन्नति तीव्र, ७०% काम पूरा

माघ १८, खोटाङ । साकेला गाउँपालिकाबाट छिमेकी जिल्ला भोजपुर जोड्ने साप्सुखोला–मानेभञ्ज्याङ–पाँचधारे सडक स्तरोन्नतिको काम तीव्रगतिमा अगाडि बढाइएको छ ।  प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालय प्रदेश नं १ अन्तर्गत पूर्वाधार विकास आयोजना कार्यालय उदयपुरको रू. ३२ करोड ३६ लाख लगानी रहेको उक्त सडकको २८ किलोमिटर सडकखण्ड स्तरोन्नति थालिएको हो । मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्गका रूपमा निर्माण गरिएको उक्त सडकमा अहिले सवबेसको काम धमाधम भइरहेको छ । दिवा–आजाद जेभी बानेश्वर काठमाडौंले ठेक्का लिएको उक्त सडक स्तरोन्नतिको काम करीब ७० प्रतिशत पूरा भएको ठेकेदार कम्पनीले जानकारी दिएको छ ।  स्तरोन्नतिको काम भइरहेको सडकखण्डमा दोहोरो गाडी सञ्चालन हुने गरी सडक फराकिलो पार्ने, नाली निर्माण गर्ने तथा जाली भर्ने काम सम्पन्न भइसकेको ठेकेदार कम्पनीका प्रतिनिधि प्रेम मल्लले बताए ।  ‘स्ट्रक्चरको काम सम्पन्न भएका ठाउँमा पहिलो लेयरको ग्राभेल गर्ने काम भइरहेको छ’, उनले भने, ‘अहिले दक्ष जनशक्तिसहित करीब ७५ देखि ८० कामदार लगाएर तीव्रगतिमा सडक स्तरोन्नतिको कामलाई अगाडि बढाइएकाले आगामी जेठ मसान्तभित्र सबै काम सम्पन्न गरेर सम्बन्धित कार्यालयलाई बुझाउने तयारी गरेका छौँ ।’ विसं २०७६ मंसिर ३० गते सम्झौता भएर स्तरोन्नतिको काम शुरु गरिएको सडकको भौतिक प्रगति हेर्दा तोकिएको समयभन्दा अगाडि सम्पन्न हुने देखिन्छ । सडक स्तरोन्नतिको काम सम्पन्न गर्नुपर्ने मिति विसं २०७९ मंसिर मसान्तसम्म रहेको ठेकेदार कम्पनी र पूर्वाधार विकास आयोजना कार्यालय उदयपुरसँगको सम्झौतामा उल्लेख छ । सडक स्तरोन्नतिको काम तीव्रगतिमा भइरहे पनि उक्त सडकको गुणस्तरमा कमी भएको स्थानीय बासिन्दाले गुनासो गर्दै आएका छन् । स्थानीय बासिन्दाबाट गुणस्तरहीन निर्माण सामग्री प्रयोग भइरहेको गुनासो आएपछि तत्काल ठेकेदार कम्पनीलाई लिखितरूपमै पत्राचार गरेर गुणस्तर कायम गर्न र स्तरोन्नतिको काम छिटो सम्पन्न गर्न आग्रह गरिएको गाउँपालिकाले जानकारी दिएको छ । स्तरोन्नति भइरहेको उक्त सडक सञ्चालनमा आएपछि भोजपुरको टेम्केमैयुङ र रामप्रसाद राई गाउँपालिका तथा खोटाङको साकेला र खोटेहाङ गाउँपालिकाका यात्रु सहजरूपमा राजधानी काठमाडौंलगायतका जिल्ला आवतजावत गर्न पाउने गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताए ।  ‘स्तरोन्नति भइरहेको सडक छिटो सम्पन्न गराउन र गुणस्तर कायम गराउन गाउँपालिकाको तर्फबाट निरन्तर अनुगमन गरेर खबरदारी गर्ने काम भइरहेको छ’, उनले भने, ‘अन्य योजनामा भन्दा साप्सुखोला–मानेभञ्ज्याङ–पाँचधारे सडक छिटो र गुणस्तरीय हुने अपेक्षा गरेका छौँ ।’  गाउँपालिकाभित्र निर्माण गरिएका अन्य सडकसमेत हिउँद तथा वर्षा बाह्रै महिना सञ्चालन हुने गरी स्तरोन्नति गर्ने काम भइरहेका छन् । गाउँपालिकाको आफ्नै लगानीमा अन्य सडकभन्दा पहिलो प्राथमिकतामा राखेर बाँझेच्यानडाँडा–मानेभञ्ज्याङ–छितापोखरी र कात्तिके–रतन्छा–बाँझेच्यानडाँडा सडक स्तरोन्नतिको काम तीव्रगतिमा अगाडि बढाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन मगरले बताए । साकेला गाउँलालिकामा निर्माण गरिएका अधिकांश ग्रामीण सडकमा हिउँद वर्षा बाह्रै महिना यातायात सञ्चालन हुने गरेको छ । गाउँपालिकाभित्र निर्माण गरिएका सबै सडकमा बाह्रै महीना सहजरूपमा यातायात सञ्चालन भएपछि यात्रु तथा दैनिक उपभोग्यवस्तु ढुवानीमा समेत सहज भएको स्थानीय बासिन्दा एवम् नेकपा (माओवादी केन्द्र) गाउँपालिका समितिका सचिव नवीन राईले बताए ।  जिल्लाको सबैभन्दा सानो (पाँचओटा मात्रै वडा रहेका) स्थानीय तह उक्त साकेला गाउँपालिकामा ‘एक वडाबाट अर्को वडा तथा एक गाउँबाट अर्को गाउँ’ जोड्ने गरी सडक निर्माण गरिएका छन् ।  साकेला गाउँपालिकालाई मध्यपहाडी लोकमार्ग तथा जिल्लाको दक्षिणी क्षेत्र जोड्ने दिक्तेल–खोटाङबजार हरित सडकले समेत छोएको छ ।  गुणस्तरीय ग्रामीण सडक निर्माणमा अन्य स्थानीय तहभन्दा अगाडि देखिएको साकेला गाउँपालिका जोड्ने साप्सुखोलामा यसअघि नै मोटरेबल पक्की पुल निर्माण गरेर सञ्चालनमा ल्याइ सकिएको छ ।  राष्ट्रिय सडक सञ्जाल गाउँपालिकाका हरेक गाउँमा जोडिएसँगै स्थानीय कृषकले उत्पादन गरेका कृषि उपज निर्यातमा सहज भएको गाउँपालिकाका कृषि शाखा प्रमुख गणेश राईले बताए । रासस

पर्वतमा बाढीले गाडी बगायो, इन्जिनियर र चालक बेपत्ता

२३ असार, पोखरा । पर्वतमा खहरे खोलामा आएको बाढीले गाडीसहित बगाउँदा दुई जना बेपत्ता भएका छन् । मध्यपहाडी लोकमार्गको ठेकेदार कम्पनी लामा कन्सट्रक्सनका इन्जिनियर र चालक बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय पर्वतका सिडिओ देवी पाण्डे खत्रीले जानकारी दिइन् । राति १० बजेतिर आएको बाढीले बगाउँदा बेपत्ता हुनेमा मध्यपहाडी लोकमार्ग आयोजनाका साइड इन्जिनियर राजाराम आचार्य र […]

मध्यपहाडी लोकमार्ग कालोपत्रे गर्न ठेकेदारद्वारा आनाकानी

खोटाङलाई विकासको समृद्धिमा लैजाने मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको बिजुले–हुर्लुङ र हुर्लुङ–दिक्तेल सडक खण्डको कालोपत्रे गर्न ठेकेदारले आनाकानी गरेको पाइएको छ । हलेसी–दिक्तेल सडक खण्डअन्तर्गत हुर्लुङ–दिक्तेल ११.४३ किमि सडक कालोपत्रेको काम गरिरहेको ठेकेदार कम्पनी लामा–नागार्जुन–त्रिशूली जेभीले एकपटक थप भएको म्याद सकिँदा पनि काममा ढिलासुस्ती गरेको छ ।

मध्यपहाडी लोकमार्ग कालोपत्रेका काममा ढिलासुस्ती

मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको बिजुले–हुर्लुङ र हुर्लुङ–दिक्तेल सडक खण्डको कालोपत्रेको काममा ठेकेदारले चरम ढिलासुस्ती गरेको पाइएको छ । हलेसी–दिक्तेल सडक खण्ड अन्तर्गत हुर्लुङ–दिक्तेल ११.४३ किलोमिटर सडक कालोपत्रेको काम गरिरहेको ठेकेदार कम्पनी लामा–नागार्जुन–त्रिसुली जेभीले एकपटक थप भएको म्याद सकिदा पनि सन्तोषजनक प्रगति गर्न सकेको छैन ।

म्याद नाघेको पाँच वर्षपछि दुधकोशीकाे पुल ढलान

मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको प्रमुख नाकाकारुपमा रहेको जयरामघाटस्थित दुधकोशीमा निर्माणाधिन आरसिसी पुल ढलान गरिएको छ । सम्झौता म्याद नाघेको ५ वर्षपछि खोटाङ र ओखलढुंगाको जयरामघाटस्थित दुधकोशी पुल पाँच दिन लगाएर ढलान गरिएको हो । बुधबारदेखि सुरु गरिएको ढलानका काम सोमबार सम्पन्न भएको ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनका साईड ईन्जिनियर सिताराम कार्कीले बताए ।