२१ फागुन, काठमाडौं । सोमबार बिहानभर सत्ता गठबन्धन जोगाउन र भत्काउन रस्साकस्सी चलिरहेको थियो । सिंहदरबार, बालुवाटार र पार्टी कार्यालयहरुमा नेताहरुको दौडधुप थियो । त्यहीबेला गृह मन्त्रालयमा भने ३५ दिनदेखि आन्दोलनरत मिटरब्याज पीडितसँग वार्ता चलिरह्यो । मन्त्रालयको शान्ति सुरक्षा महाशाखाका प्रमुख सह–सचिव नारायणप्रसाद भट्टराई नेतृत्वको वार्ता टोलीले पीडितका तर्फबाट मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष […]