भारतको दिल्लीमा भारतीय जनता पार्टी (भाजपा) ले १५ वर्षदेखिको पकड गुमाएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी (भाजपा) ले १५ वर्ष लगातार तीन कार्यकालपछि स्थानीय निकायमा हिजो भएको चुनावमा हार ब्यहोर्ने देखिएको छ । चुनावमा आम आदमी पार्टीको बहुमत आउने सङ्केत देखिएको छ ।
कुल २ सय ५० सदस्यीय दिल्ली नगर निगम (एमसीडी) सदनमा आम आदमी पार्टीले १ सय ३४ सिट जितेको छ भने भाजपाका उम्मेदवारले १ सय ४ वडामा जितेका छन् ।
चुनावको पूर्ण नतिजा घोषणा भइसकेको छैन । एमसीडीमा बहुमत सिट जितेपछि आम आदमी पार्टीले छिट्टै दिल्ली...