जसपाको आधिकारिकता विवाद : निर्वाचन आयोगमा उपेन्द्र यादवको पक्षमा बहुमत जुटेको दाबी

जसपाको अधिकारसम्बन्धी विवादमा उपेन्द्र यादवको पक्षमा बहुमत जुटेको दावी गरिएको छ ।  सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफूहरुको पक्षमा अत्यधिक बहुमत जुटिसकेको भन्दै अझैपनि आयोगमा सनाखतका लागि कार्यकारीणी सदस्यहरु आउने क्रम जारी रहेको बताए । उनले भने, ‘हाम्रो पक्षमा अत्यधिक बहुमत देखिएको छ। अहिलेसम्म ३४ जनाको हस्ताक्षर हाम्रो पक्षमा भएको छ, केही आउने क्रम जारी छ ।’ सत्ता समीकरणमा एमाले अध्यक्ष केपी शर्मा ओली र इत्तर गठबन्धनका विषयमा उत्पन्न विवादले जसपा विभाजनमा पुगेको