नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारूढ गठबन्धनको दुई तिहाई बहुमत आउने दाबी गरेका छन् । नेपाली कांग्रेस क्षेत्र नम्बर १ तनहुँले आज बिपी स्मृति भवन दमौलीमा गरेको अगुवा कार्यकर्ता अन्तरक्रिया कार्यक्रममा उनले दुई तिहाई बहुमत ल्याउनका लागि गठबन्धन भएको बताए ।संविधान, गाउँको अधिकार, दलित, महिला, अल्पसङ्ख्यक, उपेक्षित वर्ग, जनजातिले पाएको अधिकार रक्षाका लागि गठबन्धन अपरिहार्य रहेको उनको भनाइ थियो । “नेपालको संविधानको रक्षा र प्रतिगमन विरुद्धको लडाइँका लागि गठबन्धन आवश्यक परेको