चिकित्सक मृत्युको घटना छानबिन गर्न प्रदेश सांसदको माग

२४ जेठ, जनकपुरधाम । मधेश प्रदेशका सांसदले विराटनगरमा तीन महिनाअघि सप्तरीका चिकित्सक डा. विजय यादव मृत फेला परेको विषय छानबिन गर्न माग गरेका छन् । प्रदेश सभाको मंगलबार बसेको बैठकमा सप्तरीका सांसदले विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत डा. यादवको हत्या भएको र प्रहरीले आत्महत्यामा परिणत गर्न खोजेको आरोप लगाए । सप्तरीको बिष्णुपुर गाउँपालिका वडा नम्बर […]