काठमाडौं । कांग्रेसको अवरोधले निरन्तर विथोलिएको प्रतिनिधिसभा बैठक आज पनि ११ बजे बोलाइएको छ । हिजोको बैठकमा कांग्रेस र एमाले सांसदहरुबीच हात हालाहालको स्थिति उत्पन्न भएको थियो । कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै निरन्तर संसद अवरोध गर्दै आएको छ । गृहमन्त्रीले संसद बैठकमा आफूमाथि लागेका आरोपबारे जवाफ […]
प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरणमाथि छानबिन गर्न माग गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेपाली कांगेस र बिना प्रमाण छानबिन समिति गठन गर्न नमिल्ने जिकिर गर्दै आएको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले उठेर बैठक अवरुद्ध पारेका हुन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति गठन नगरेसम्म अवरोध गर्ने अडान राखेपछि सूचना टाँसेर बैठक स्थगित गरिएको हो ।
काठमाडौं, २२ असार । अर्थमन्त्री जनार्दन शर्माको विवाद प्रकरणबारे संसदीय छानबिन समिति गठन हुने भएको छ । आज विहान ११ बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएको छैन् । बैठक रोकेर सभामुख अग्निप्रसाद सापकोटा दलका प्रतिनिधिहरुसँग छलफलमा छन् । सभामुख सापकोटाले उक्त प्रकरणमा छानिबन गर्नको लागि संसदीय समिति बनाउनेगरि छलफल थालेको एक सांसदले जनाए । […]
प्रतिनिधिसभा बैठक बुधबार बिहान ११ बजेसम्म स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति संलग्न भएको विषयमा संसदीय छानबिन समिति गठन गर्न माग गर्दै संसद् अवरोध गरेपछि बैठक भोलिसम्मका लागि स्थगित भएको हो । आगामी आवको विनियोजन शीर्षकमाथिको छलफल चलिरहँदा एमाले सांसदले उठेर विरोध जनाएपछि सभामुख …
प्रतिनिधिसभाको बैठक सुरु हुने बित्तिकै एमालेका सांसदले उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले सांसद ज्वालाकुमारी साहलाई बोल्न समय दिनुभएको थियो । सांसद साहले होहल्लाको बीचमा पनि सुन तस्करी प्रकरणका विषयमा उच्चस्तरीय छानबिन समिति गठन माग गर्नुभयो ।