महाकालीमा जयसिंह धामीको मृत्युबारे छानविन गर्न सांसदको माग

महाकाली नदी पार गर्नेक्रममा भारतीय सुरक्षाकर्मीले तुइन काटेर जयसिंह धामीको मृत्यु भएको विषयमा छानबिन गर्न सांसद दीपक प्रकाश भट्टले माग गरे । आइतबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले भारतीय सुरक्षाकर्मीले तुइनको गाँठो फुकाइदिएका कारण धामीको मृत्यु भएको उल्लेख गरे । उनले कुटनीतिक माध्यमबाट घटनाको सत्य तथ्य पत्ता लगाएर दोषीलाई कारवाही गर्न र पीडितलाई क्षतिपूर्ति दिन माग गरे । उनले घटनास्थलको अनुसन्धान गर्न, सुरक्षाकर्मीहरूले, प्रशासनले के भनिरहेका छन् सत्य तथ्य कुरा बाह