संस्कृत विश्वविद्यालयमा फेरि तालाबन्दी

२३ भदौ, दाङ । दाङको बेलझुण्डीस्थित संस्कृत विश्वविद्यालयमा फेरि ताला लागेको छ । ताला खुलेको महिनादिन नपुग्दै विश्वविद्यालयको केन्द्रीय कार्यालयमा बुधवार पुन: ताला लागेको हो । विश्वविद्यालयको आयुर्वेद संकाय तर्फ ९ औं ब्याजमा अध्ययनरत विद्यार्थीहरुले विश्वविद्यालयको केन्द्रीय कार्यालयमा ताला लगाएका छन् । तालाबन्दी गर्नुका साथै उनीहरुले विश्वविद्यालयमा तोडफोड समेत गरेका छन् । आन्दोलनरत विद्यार्थीहरुले उपप्रध्यापक […]

सम्बन्धित सामग्री

आयुर्वेद विद्यापीठको प्रशासनमा तालाबन्दी

दाङ : नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थान मातहतको केन्द्रीय आयुर्वेद विद्यापीठ (बिएएमएस) कलेज बेलझुण्डी दाङमा स्वतन्त्र विद्यार्थी सङ्गठनले फेरि प्रशासनमा तालाबन्दी गरेको छ।बिएएमएस कलेजमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक भविष्यमाथि निरन्तर खेलवाड हुँदै आएको भन्दै विद्यार्थीहरूले तालाबन्दी गरेका छन्।  विभिन्न ६ वटा मागहरू राखेर प्रशासनमा गत फागुन २९ गतेदेखि स्वतन्त्र विद्यार्थी युनियन केन्द्रीय आयुर्वेद विद्यापीठले तालाबन्दी गरेको छ।शिक्षण अस्पताल तत्काल सुचारु गर्नुपर्ने,&nb

एक महिनापछि संस्कृत विश्वविद्यालयमा ताला खुल्यो

तुलसीपुर : नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय र सेवा आयोगको कार्यालयमा लागेको ताला एक महिनापछि खुलेको छ।अखिल (क्रान्तिकारी) दाङले दुवै कार्यालयमा लगाएको ताला बिहीबार खुलेको हो। संगठनले विभिन्न माग राख्दै गत भदौ ४ गतेदेखि अनिश्चितकालीन तालाबन्दी गरेको थियो।यस्तै विद्यार्थी प्रतिनिधि गणेश पौडेलले परीक्षामा जति पनि आवेदन दिन लागेका छन्। उनीहरूको आवाजको प्रतिनिधित्व गरेर अखिल (क्रान्तिकारी) ले तालाबन्दी गरेको बताए। प्रश्नपत्र बाहिरिएपछि पनि विश्वविद्यालयलाई उच्चस्तरीय छानबिन गर

तालाबन्दीले थला पर्दै संस्कृत विश्वविद्यालय, परीक्षार्थी समस्यामा

दाङ : नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालय बेलझुण्डी स्वतन्त्र विद्यार्थी युनियन, अनेरास्ववियु, नेपाल विद्यार्थी संघ लगायतले विभिन्न मागसहित गरेको तालाबन्दी गत साउन २६ गते करिब २ महिनापछि खुलेको थियो।त्यस्तै, गत साउन ३१ गते सेवा आयोगमा लागेका ताला खुलेको थियो। तर, दुवै ठाउँका विभिन्न माग राखेर अखिल (क्रान्तिकारी) दाङ ले भदौ ४ गतेदेखि  अनिश्चितकालीन तालाबन्दी गरेको छ।अखिल (क्रान्तिकारी)  केन्द्रीय आयुर्वेद विद्यापीठ मूल इकाई कमिटीका अध्यक्ष गणेश पौडेलका अनुसार विश्वविद्यालयम

विश्वविद्यालयहरुमा लगाइएको ताला खोल्न सरकार जिम्मेवार देखिएनः सांसद भट्टराई

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद विद्या भट्टराईले नेपाल संस्कृत विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा लगाइएको तालाबन्दी तत्काल हटाउन सरकारसँग माग गरेकी छन्। बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल आफैं जिम्मेवार नभएका कारण ती दुवै विश्वविद्यालयमा निरन्तर रुपमा ताला लगाउने काम भएकाले त्यसलाई हटाउन सरकारले ढिलाई गर्न नहुने […]

संस्कृत विश्वविद्यालयमा अनेरास्ववियुले लगायो ताला

दाङ : नेपाल संस्कृत विश्वविद्यालय विद्यापीठको केन्द्रीय क्याम्पस बेलझुण्डीमा अनेरास्ववियुले तालाबन्दी गरेको छ। गैरविद्यार्थीलाई समावेश गरी मतदाता नामावली प्रकाशन गरेको आरोप लगाउँदै अनेरास्ववियुले तालाबन्दी गरेको हो। अनेरास्ववियुका केन्द्रीय सदस्य सर्जन परियार, अनेरास्ववियु दाङका अध्यक्ष गोविन्द बस्नेत र  अनेरास्ववियु विश्वविद्यालय विद्यापीठका अध्यक्ष राधाकृष्ण सुवेदीले निर्वाचन प्रक्रिया तत्काल स्थगन गरी आवश्यक छानविनसहित वास्तविक मतदाता नामावली प्रकाशन गर्न&nb

सधैं तालाबन्दीको चपेटामा संस्कृत विश्वविद्यालय

१९ मंसिर, दाङ । दाङस्थित नेपाल संस्कृत विश्वविद्यालयमा पुनः तालाबन्दी भएको छ । १०० दिनको तालाबन्दीको मारमा खेपेको विश्वविद्याल ४ महिनापछि पुन: तालाबन्दीको मार खेपेको हो । विश्वविद्यालयको केन्द्रीय आयुर्वेद विद्यापीठमा अध्ययनरत अयुर्बेद चिकित्सकमा स्नातक तह (बीएएमएसका) विद्यार्थीहरुले चिकित्सा शिक्षा आयोगको मापदण्ड अनुरुप आयुर्वेदको लागि छुट्टै उपप्राध्यापकको दरबन्दी गर्नुपर्ने, इन्टर्नसिपमा जाने विद्यार्थीले बुझाउनुपर्ने रकम विश्वविद्यालयले […]

नेपाल संस्कृत विश्वविद्यालयमा लागेको ताला तीन महिनापछि खुल्यो

नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय बेलझुण्डी दाङमा नेपाल विद्यार्थी सङ्घले विभिन्न माग राखी लगाएको ताला आज तीन महिनापछि खुलेको छ । नेपाल विद्यार्थी सङ्घले विभिन्न माग राख्दै गत वैशाख १९ गते तालाबन्दी गरेको थियो । ताला खुलाउने सम्बन्धमा यसअघि विश्वविद्यालय प्रशासन र नेविसङ्घबीच पटकपटक छलफल भए पनि आफूहरुको माग पूरा नभएको भनी विद्यार्थीले ताल्चा खोल्न मानेका थिएनन् तर उच्च अदालत तुलसीपुरले तालाबन्दी गर्नु अनुचित भएको ठहर गर्दै तालाबन्दी खोल्नका लागि गत साउन २२ गते अन्तरिम आदेश दिएप

बेथितिको मारमा नेपाल संस्कृत विश्वविद्यालय

नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय बेलझुण्डीमा नेपाल विद्यार्थी संघले गत वैशाख १९ गते विभिन्न माग राख्दै गरेको तालाबन्दी अझै खुल्न सकेको छैन । तालाबन्दी भएको महिना दिन पुगिसक्दा पनि ताला खुलाउन कसैले पहल गरेको छैन । कार्यालयको मुल ढोकामा टाँसिएको माग पत्रमा ३ महिनाभित्र दीक्षान्त समारोह गर्नुपर्ने, विश्वविद्यालयको कार्यकारी परिषद र पदाधिकारीमा लोकतान्त्रिक समूहको उपस्थिति हुनुपर्ने, सेवा आयोगको पुनर्गठन तथा कर्मचारी छानबिन गर्नुपर्ने, दरबारमार्ग अवस्थित छात्रावासको सटर भाडाबाट प्राप्