आफ्नो लोक सांस्कृतिक परम्परा बोकेको पञ्चेबाजा लोप हुन लागेपछि रामेछापका दलित युवा संरक्षणमा जुटेका छन् ।
विदेशी बाजा, गीत, नृत्य र पश्चिमेली शैली भित्रिँदै गएपछि र उनीहरू आफ्नो मौलिक बाजाका रूपमा रहेको पञ्चेबाजा जगेर्ना गर्न संगठित रूपमा जुटेका हुन् । मन्थली नगरपालिकाको आर्थिक सहयोगमा पञ्चेबाजाका लागि आवश्यक सामग्री खरिद गरी नयाँ वर्षको सुरुवातसँगै उनीहरूले लोप हुँदै जान लागेको पञ्चेबाजा संरक्षण गर्न लागिपरेका हुन् ।