काठमाण्डाै - गएकाे जेठ २९ राति पौने १० बजे कोटेश्वरदेखि जडीबुटीतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना भयो । दुर्घटनामा परि घाइते भएकी मोटरसाइकलमा रहेकी काँडाघारीकी एक महिलाको महाराजगञ्जमा रहेकाे त्रिभुवन शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गयाे । ती महिलाले ‘राइड सेयरिङ’ एपमार्फत् गन्तव्यतर्फ जाँदै गर्दा दुर्घटना भएको अनुसन्धानबाट खुलेको थियो । सुरुमा राइड सेयरिङ एपमार्फत् ‘रिक्वेस्ट’ पठाएको तर रद्द गरी ‘अफलाइन’मा यात्रा गरेकाले सम्बन्धित कम्पनीबाट प्राप्त ह...