अफलाइन राइड सेयरिङ नगर्न पठाओको अपिल, असुरक्षित यात्रामा बीमा सुविधा नपाइने

लोकप्रिय राइड सेयरिङ पठाओले आफ्ना राइडर र ग्राहक दुबैलाई अफलाइन राइड सेयरिङ नगर्न अपिल गरेको छ । पछिल्लो समय सामान्य कमिसन बापतको रकम बचतको लोभमा राइडरहरुले अफलाइन राइड गर्ने र ग्राहक (यात्रु)हरुले पनि नबुझि अफलाइन राइड सेयरिङ गरिरहेकाले जोखिम बढेको भन्दै कम्पनीले यस्तो अपिल गरेको हो । यस्तो राइड सेयरिङबाट यात्रुहरु सडक दुर्घटनाको बीमाबाट समेत बञ्चित हुने गरेको पठाओको भनाइ छ । ‘पठाओको लोकप्रियताले गर्दा आम सर्वसाधारणहरू जस्तो सुकै राइड सेयरिङलाई पनि पठाओ भनेर बुझ्छन् । पठाओको सोही लोक

सम्बन्धित सामग्री

असुरक्षित ‘अफलाइन’ राइड सेयरिङ !

काठमाण्डाै - गएकाे जेठ २९ राति पौने १० बजे कोटेश्वरदेखि जडीबुटीतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना भयो । दुर्घटनामा परि घाइते भएकी मोटरसाइकलमा रहेकी काँडाघारीकी एक महिलाको महाराजगञ्जमा रहेकाे त्रिभुवन शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गयाे । ती महिलाले ‘राइड सेयरिङ’ एपमार्फत् गन्तव्यतर्फ जाँदै गर्दा दुर्घटना भएको अनुसन्धानबाट खुलेको थियो । सुरुमा राइड सेयरिङ एपमार्फत् ‘रिक्वेस्ट’ पठाएको तर रद्द गरी ‘अफलाइन’मा यात्रा गरेकाले सम्बन्धित कम्पनीबाट प्राप्त ह...

असुरक्षित ‘अफलाइन’ राइड सेयरिङ ! चालक र यात्रु दुबै पीडित

गत जेठ २९ राति पौने १० बजे कोटेश्वरदेखि जडीबुटीतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना भयो । दुर्घटनामा परी घाइते भएकी मोटरसाइकलमा सवार काँडाघारीकी एक महिलाको महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भयो । अनुसन्धानपछि ती महिलाले ‘राइड सेयरिङ’ एपमार्फत् गन्तव्यतर्फ जाँदै गर्दा दुर्घटना भएको अनुसन्धानबाट खुलेको थियो । सुरुमा राइड सेयरिङ एपमार्फत् ‘रिक्वेस्ट’ पठाएको तर […]

असुरक्षित ‘अफलाइन’ राइड सेयरिङ !

काठमाडौँ- गत जेठ २९ राति पौने १० बजे कोटेश्वरदेखि जडीबुटीतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना भयो । दुर्घटनामा परी घाइते भएकी मोटरसाइकलमा सवार काँडाघारीकी एक महिलाको महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भयो ।  अनुसन्धानपछि ती महिलाले ‘राइड सेयरिङ’ एपमार्फत् गन्तव्यतर्फ जाँदै गर्...

पठाओले सुरु गर्यो ‘पठाओ कवच’ अभियान, यात्रु र राईडरलाई ५ वटा सुविधा

राइड सेयरिङ प्लाटफर्म पठाओले ‘पठाओ कवच’ अभियान सञ्चालनमा ल्याएको छ । जसअन्तर्गत पठाओ एप मार्फत गरिने सेवामा विभिन्न ५ वटा सुविधाहरू सेवाग्राही र राइडर, क्याप्टेन र फुडम्यानले पाउने व्यवस्था गरिएको पठाओ नेपालको प्रवक्ता सुरक्षा हमााले जानकारी दिइन् । ‘पठाओ कवच’ अन्तर्गत हरेक यात्रा बीमाद्वारा सुरक्षित हुने, प्रशिक्षित र प्रमाणित राइडरहरू रहेको, २४ सै घण्टा कल–सेन्टर र कस्टमर सपोर्ट सेवा, एप भित्रै आपतकालिन प्रहरी सम्पर्कको बिकल्प रहेको र हरेक राइड सिस्टममा  ट्रयाक हुनुकासाथै राइडको जानकारी आफन्त वा साथीहरूलाई सामाजिक संजालमा सेयर गर्ने सुविधा रहेका छन् । उक्त अभियान अनुसार, हरेक यात्रामा १ लाख सम्मको उपचार बीमा र १० लाखसम्मको दुर्घटना बीमाको सुबिधा उपलब्ध छ । जुन नेपालमा हालसम्मकै उच्च रकमको राइड सेयरिङ बिमा हो ।पठाओमा कागजात प्रमाणिकरण र तालीम पश्चात् मात्रै राइडर्हरुले सेवा प्रदान गर्ने भएकोले सबै राइडहरू प्रशिक्षित, प्रमाणित र भरपर्दो  रहेको बताइएको छ ।पठाओको सेवा उपभोग गर्दा कुनै समस्या परे २४ सौ घण्टा कल–सेन्टरमा सम्पर्क गरि गुनासो तथा उजुरी गर्न सकिन्छ । २४ सै घण्टा कल सेन्टरबाट पठाओको  सेवाका बारेमा  आवस्यक जानकारी समेत लिन  सकिने प्रवक्ता हमालले बताइन् । यस्तै, पठाओ प्रयोग गर्दा आपतकालिन अवस्था आएमा पठाओ एप भित्रै प्रहरीमा सम्पर्क गर्न सकिने विकल्प पनि रहेको छ । पठाओको हरेक राइड सिस्टममा  ट्रयाक हुन्छ । जसका कारण कुन राइड कता गइरहेको छ सो को सम्पुर्ण बिवरण एपमा लाइभ जानकारी उपलब्ध हुन्छ । साथै राइडको जानकारी आफन्त वा साथीहरूलाई सामाजिक संजालमा सेयर गरेर आफू पुगिरहेको गन्तब्यको बारेमा प्रत्यक्ष (लाइभ) जानकारी गराउन सकिन्छ ।‘सुरक्षित यात्राको भरपर्दो सहयात्री’ नारा सहित ल्याइएको उक्त अभियान पठाओका अग्रभागमा रहेर  सेवा प्रदान गर्ने राइडर, फुडम्यान, क्याप्टेन र सम्पुर्ण सेवाग्राहीको हितका लागि सूचारु गरिएको बताइएको छ । अफलाइन राइड लिएको खण्डमा सेवाग्राहीहरूले कुनै पनि सुबिधा प्राप्त नगर्ने र सो यात्रा सुरक्षीत र सुनिश्चित नहुने हमालको भनाइ छ ।

‘अफलाइन राइड’ गर्दा जोखिमै जोखिम

गत माघ ८ गते राती एक जना पठाओ राइडर अपहरणमा परे । २५ वर्षीय राइडर प्रविन राईलाई २१ वर्षीय सुमन तामाङले काठमाडौँको कोटेश्वरबाट ललितपुरको धापाखेलसम्म पुर्याइदिन भने । राती ११ः३० बजेको समयमा प्रविन सुमनलाई बोकेर धापाखेलतर्फ हुईकिए ।धापाखेलमा सुमन तामाङका २६ वर्षीय साथी मीनराज राई थिए । धापाखेल पुगेपछि सुमन र उनका साथी मीनराजले प्रविनलाई लुटपाट गरी मुखमा बाक्लो टेप लगाएर हातखुट्टा बाँधेर छोडिदिए । राइडर राईको बागमती प्रदेश ०२–०१–००१ प ११६६ नम्बरको मोटरसाइकल र उनको साथमा भएको ८ हजार लिएर उनीहरूका २ जना त्यहाँबाट भागे । बलम्बुस्थित चन्द्रागिरी रिकण्डिशन सोरुममा मोटरसाइकल बेच्न लाग्दै गरेको अवस्थामा २ भाई नै समातिएका थिए ।अनलाइनमार्फत बुकिङ नलिएर कम्पनीलाई तिर्नुपर्ने ‘कमिशन’ जोगाउन खोज्दा राइडर आफ्नै असावधानीले निम्त्याएको घटना थियो त्यो । त्यस्तै जेठ २६ गते बिहीबार दिउँसो जडीबुडीमा दुर्घटना भयो । राइड सेयरिङ एप्स ‘इनड्राइभर’ मार्फत मेनुका गुरुङलाई लिएर हुईकिएको मोटरसाइकल ट्याक्सीमा ठोक्कियो । ट्याक्सीको बम्पर उक्कियो । यात्रु मेनुकाको खुट्टामा गम्भीर चोट लाग्यो ।तर, ‘ट्याक्सीमा कति क्षति भएको रहेछ हेर्छु’ भनेर यसो कोल्टे लागेका चालक दुर्घटनामा परेकी यात्रुलाई त्यहीँ छोडेर टाप कसे ।यो चाहिँ राइड सेयरिङ मार्फत यात्रा गर्ने यात्रुको असावधनीले निम्त्याएको जोखिम थियो । किनभने, आधिकारिक रुपमा दर्ता भए नभएको, कथमकदाचित दुर्घटना भए बीमा दाबी गर्न सकिने वा नसकिने, आफूलाई यात्रा गराउने राइडरको नाम, ठेगाना र सम्पर्कका विभिन्न माध्यम भए नभएको यकिन गरेर मात्रै यात्रु गर्नु पर्दथ्यो ।इनड्राइभर त नेपालका कुनैपनि आधिकारिक निकायमा दर्ता नै छैन । त्यसकारण यसको प्रयोग गर्नु जोखिम हुन्छ ।अफलाइन राइड नगर्नेनेपालमा सञ्चालित राइड सेयरिङ कम्पनीहरुमध्ये पठाओ लगायतका केहीले राइडर र यात्रुको बीमाको व्यवस्था गरेका छन् । औषधि उपचारका लागि १ लाख र अङ्गभङ्ग भएको अवस्थामा १० लाखसम्म बीमा वापत दाबी गर्न सकिन्छ ।यस्तै, राइडर वा चालक को आउँदैछ ? कति पटक चलाएको मान्छे आउँदैछ ? उसको मोबाइल नम्बर कति हो ? बाइक नम्बर कति हो ? सबै पहिल्यै जानकारी हुन्छ । उक्त जानकारी यात्रुहरुले आफू यात्रामा रहँदा आफन्तलाई ‘सेयर’ गर्न पनि सक्छन् । यसरी आफूलाई यात्रा गराईरहेको चालक वा राइडरको विवरण आफन्तलाई सेयर गरेपछि कसैगरी ढिला भएको खण्डमा आफन्तले चालकलाई सम्पर्क गर्न सक्छन् । चालकले गल्ती गरेको अवस्थामा उ विरुद्द उजुरी गर्न पनि सजिलो हुन्छ ।त्यसकारण, राइड सेयरिङमा ‘अनलाइन’ राइड विश्वव्यापी अभ्यास छ । यदि राइडर वा चालकले ‘अफलाइन जाउँ’ भन्ने प्रस्ताव गरेपनि यात्रुले ‘अनलाइन’ नै यात्रा गर्छु भन्नुपर्ने पठाओ नेपालका देशीय निर्देशक असिममानसिंह बस्नेत बताउँछन् ।

अफलाइन राइड सेयरिङ जोखिमपूर्ण

निकै लोकप्रिय मानिएको राइड सेयरिङ सेवामा जोखिम पनि बढ्न थालेको छ । आकर्षक र सहज आम्दानी मानिएको राइड सेयरिङमा थोरै रकमको लोभमा अनलाइनभन्दा पनि अफलाइन सेवा दिने राइडरहरू बढ्न थालेसँगै जोखिम...