लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाको मतदान सकिएको छ। लुम्बिनी प्रदेशमा दुई जनप्रतिनिधिबाहेक सवैले मतदान गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चुनाव जितेका नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणा र राप्रपाकै रुपन्देहीको रोहिणी गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ति चमारले मतदान नगरेका हुन् । राप्रपाले प्रदेश १ बाहेक अन्य प्रदेशमा मतदान प्रक्रियामा भाग नलिने निर्णय गरेको थियो । प्रदेशसभाका भने सबै ८१ सदस्यले मतदान गरेका छन् । स्थानीय तहका जनप्रतिनिधितर्फ २१५ मध्ये २ सय १३ मत ख