लुम्बिनी प्रदेशमा बजेट : प्राथमिकतामा गौरवका आयोजना

लुम्बिनी, १६ जेठ । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९ ÷८० को बजेटमा लुम्बिनी प्रदेशमा महत्वपूर्ण गौरवका आयोजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको बजेटमा लुम्बिनी प्रदेशमा अन्तर्राष्ट्रिय विमानस्थल, पर्यटन, जलविद्युत्, सिँचाइ, शिक्षा, सडक–पूर्वाधार र सुरुङमार्गलगायतका आयोजनालाई प्राथमिकता दिइएको छ । शिक्षा तथा स्वास्थ्य सेवा […]

सम्बन्धित सामग्री

बागमती गौरवका आयोजना अलपत्र

बागमती प्रदेश सरकारले प्रदेश गौरवका आयोजना घोषणा गरी कार्यान्वयन गर्ने लक्ष्य निर्धारण गरे पनि अधिकांश कार्यान्वयनमा आएका छैनन् भने कार्यान्वयन भएको सेवा प्रवाहसमेत सन्तोषजनक नभएको पाइएको छ । बागमती प्रदेश सरकारले आर्थिक २०७६/७७ को नीति तथा कार्यव्रmम र बजेट वक्तव्यमा चार वटा योजनालाई प्रदेश गौरवको योजना घोषणा गरी कार्यान्वयन गर्ने लक्ष्य निर्धारण गरेकोमा अधिकांश कार्यान्वयन नभएको पाइएको हो ।

लागत वृद्धि र विलम्बको चंगुलमा गौरवका आयोजना

नेपाल सरकारले आव ०६८/६९ मा सडक पूर्वाधार, सिँचाइ, जलविद्युत्, विमानस्थल, खानेपानी व्यवस्था, सांस्कृतिक सम्पदालगायतका क्षेत्रमा महत्ववपूर्ण ठानिएका विभिन्न १७ आयोजनालाई अहम् महत्व दिई राष्ट्रिय गौरवका आयोजनाको दज्र्यानी प्रदान गरेको थियो । पछिल्ला बजेट वक्तव्यमार्फत अन्य आयोजनाहरूसमेत थप गरी हाल यो संख्या २४ पुर्याइएको छ । तर, २४ मध्ये हालसम्म ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो […]

गर्व गर्न नालायक गौरवका आयोजना

दलहरूले २०७२ मा नयाँ संविधान बनाएपछि अर्को प्रमुख एजेन्डा मुलुकको आर्थिक विकास भन्दै आएका छन् । यथार्थ भने त्यस्तो छैन । संविधानअघि र पछिका तथ्यांक हेर्दा विकासको गतिको दौडाइ एक इन्च पनि बढेको छैन । यो मात्र होइन, राजनीतिक दल र तिनका सरकार आफैंले राष्ट्रिय महत्वका भनी घोषणा गरेका र त्यसअनुसार बजेट विनियोजन भएका आयोजनाको […]

बेनीमा नौ करोडका गौरवको आयोजना

म्याग्दीको बेनी नगरपालिकाले चालू आर्थिक वर्ष २०७९-८० मा रु नौ करोड बजेट विनियोजन गरेको गौरवका आयोजना कार्यान्वयन थालेको छ । नगरपालिकाले महत्व र प्राथमिकता दिएका पाँचवटा सडक, तीनवटा खानेपानी, एक–एक भवन, खेलमैदान र चिस्यानगृह निर्माण गर्न विभिन्न शीर्षकबाट रु नौ करोड एक लाख बजेट विनियोजन गरेको छ । नगरपालिकाको पूर्वाधार शाखाका प्रमुख इञ्जीनियर बिमलरञ्जन कार्कीले सातवटा ठूला योजनाको ठेक्का लागिसकेको बताए ।“ठेक्काबाट दुईवटा योजना निर्माण सुरु भइसकेका र पाँचवटा सुरु हुने तयारीमा छन्&r

'कछुवा गति'मा राष्ट्रिय गौरवका आयोजना

चालू आर्थिक वर्षमा पूर्वाधार तथा विकास निर्माण  सवालमा सरकार अपेक्षाकृत असफल देखिएको छ । सङ्घ, प्रदेश र स्थानीय तहका तीन वटै सरकारले भौतिक पूर्वाधार तथा विकास निर्माणमा अपेक्षाकृत खर्च र भौतिक प्रगति गर्न नसकेको देखिएको हो । राष्ट्रिय गौरवका योजनामा समेत ढिलासुस्तीलगायतका कारणले प्रगतिले फड्को मार्न सकेको छैन । गौरवका आयोजनालाई प्राथमिकता दिएको जनाउने सरकारको प्रगति विवरण भने सन्तोषजनक छैन । चालू आर्थिक वर्षमा ३ खर्व ७८ अर्ब ९ कराेड ७७ लाख बजेट विकास निर्माणमा खर्च गर्ने

सातवटा गौरवका आयोजना छनोट

हिमाली जिल्ला मनाङको सदरमुकामसमेत रहेको चामे गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३१ करोड बढी बजेट विनियोजन गरेको छ । गाउँपालिकाले गाउँ सभामार्फत आर्थिक वर्ष २०७९/०८० का लागि ३१ करोड ३७ लाख ७४ हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरेको हो ।गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि चालूतर्फ १० करोड १४ लाख ९७ हजार रुपैयाँ विनियोजन गरेको छ […]

आगामी वर्षको बजेट प्रदेशको आर्थिक समृद्धिमा केन्द्रित : मन्त्री रावल

सुदूरपश्चिम प्रदेशका आर्थिक मन्त्री प्रकाश रावलले आगामी आर्थिक वर्षको बजेट समग्र सुदूरपश्चिम प्रदेशको आर्थिक समृद्धिलाई केन्द्रित गरेर प्रस्तुत भएको बताएका छन् ।प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि बुधबार प्रदेश सभामा प्रस्तुत गरेको बजेटबारे बिहीबार आयोजित पत्रकारमा मन्त्री रावलले बजेट व्यवस्थित, सन्तुलित र समग्र क्षेत्रलाई समेटेर प्रस्तुत भएको दाबी गरे । उनले बजेटले विशेषतः प्रदेश गौरवका आयोजना, अधुरा तथा क्रमागत रहेका बहुवर्षिय पूर्वाधार योजनालाई प्राथमिकतामा राखेर पेश भएको ब

यी हुन् गण्डकीको बजेटमा समावेश प्रदेश गौरवका आयोजना

गण्डकी प्रदेश सरकारले आउँदो आवको बजेट तथा कार्यक्रममा प्रदेश गौरवका आयोजनालाई प्राथमिकता दिएको छ । बुधबार प्रदेशसभा बैठकमा अर्थमन्त्री रामजीप्रसाद बरालद्वारा प्रस्तुत आव २०७९/८० को बजेटमा सरकारले अघि सारेका गौरवका आयोजनालाई गति दिने गरी रकम विनियोजन गरिएको हो । भौतिक पूर्वाधारदेखि सूचना प्रविधि उद्यान सम्मका आयोजना समेटिएका छन् । प्रदेश गौरवको आयोजनाका रुपमा रहेको गण्डकी विश्वविद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधार विकासका लागि रु २४ करोड विनियोजन गरिएको छ ।उक्त बजेटमा विश्वविद्यालयको स्वायत

बागमती सरकारको ४ वर्ष : सुरु नै भएनन् गौरवका आयोजना

हेटौंडा : बागमती प्रदेश सरकारको कार्यकाल ४ वर्ष पुग्न लागेको छ। करिब ४ वर्षमा एमालेले एकल नेतृत्वमा दुईवटा सरकार बनायो। पार्टी विभाजनपश्चात देशैभर सत्ताच्युत हुँदै गएको एमाले बागमती प्रदेश सरकारबाट पनि बाहिरिने निश्चित छ। तर , ४ वटा नीति तथा कार्यक्रम र बजेट ल्याएको एमाले नेतृत्वको प्रदेश सरकारले सुरुदेखि नै प्राथमिकतामा राखेको गौरवको आयोजना हालसम्म सुरु पनि भएका छैनन्।बिहीबार मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभामा विश्वासको मत माग्ने क्रममा एमाले नेतृत्वको सरकारले हालसम्म ग

गौरवका आयोजना निरन्तरताले समृद्वोन्मुख काभ्रेपलाञ्चोक

-राजकुमार पराजुलीकाभ्रेपलाञ्चोक । शिक्षा मन्त्रालयबाट काभ्रेपलाञ्चोकमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय भौतिक पूर्वाधार विकास निर्माणमा चालू वर्षमा रु एक अर्ब २० करोड बजेट छुट्याइएको छ ।  यो वर्ष बिपी राजमार्ग सडक आयोजनामा रु ५३ करोड सात लाख, पाँचखाल शहरी खानेपानी तथा सरसफाइ आयोजनामा रु ३४ करोड ४१ लाख, सुरक्षण मुद्रण केन्द्र पूर्वाधार विकासमा रु ३० करोड ४० लाख, प्रतिरक्षा विश्वविद्यालयको पूर्वाधार विकासमा रु २० करोड ३४ लाख, मण्डनदेउपुरमा खानेपानीका लागि रु नौ करोड र सिँचाइमा रु