लुम्बिनी प्रदेशमा ३२ प्रतिशत रोपाइँ सम्पन्न

लुम्बिनी । किसानले धान रोप्ने समयमा प्रर्याप्त मल नपाउँदा र समयमा वर्षा नहुनाले मध्य असारसम्ममा पनि रोपाइँ गर्न पाएका छैनन् । मल र सिँचाइको अभावका कारण असार १५ सम्ममा लुम्बिनी प्रदेशमा ५० प्रतिशत पनि रोपाइँ हुनसकेको छैन । लुम्बिनी प्रदेशमा अहिलेसम्ममा करिब ३२ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले […]

सम्बन्धित सामग्री

९८.५ प्रतिशत रोपाइँ सम्पन्न

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यो वर्ष १३ लाख ७८ हजार ६११ हेक्टर क्षेत्रफलमा अर्थात् ९८.५ प्रतिशत रोपाइँ भएको जनाएको छ । गत वर्षभन्दा चार प्रतिशत बढी रोपाइँ भएको कृषि मन्त्रालयले जनाएको छ । गत वर्ष भदौ ७ गतेसम्म ९४.६ प्रतिशत रोपाइँ भएको थियो । सात वटा प्रदेशमध्ये सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत रोपाइँ भएको छ । कोशी प्रदेशमा ९९.६ प्रतिशत रोपाइँ भएको छ भने बागमती प्रदेश र कर्णाली प्रदेशमा ९९.२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । त्यस्तै लुम्बिनी प्रदेशमा ९८.३ र गण्डकी प्रदेशमा ९७.८ प्रतिशत रोपाइँ भएको कृषि मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा. हरिबहादुर केसीले जानकारी गराउनुभयो । सबैभन्दा बढी धान खेती हुने मधेश प्रदेशमा सबैभन्दा कम रोपाइँ भएको छ ।

हालसम्म ९.८ प्रतिशत रोपाइँ, राष्ट्रिय धान दिवस चितवनमा

असार १२ सम्म देशभरि ९.८ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विभागका अनुसार सबभन्दा बढी सुदूरपश्चिम प्रदेशमा २५ प्रतिशत धान रोपाइँ भएको छ भने सबभन्दा कम मधेश प्रदेशमा २.९ प्रतिशत मात्र भएको छ । गत वर्ष असार १० सम्म सुदूरपश्चिम प्रदेशमा २२.६ प्रतिशत मात्र रोपाइँ भएको थियो भने मधेश प्रदेशमा २.९ प्रतिशत रोपाइँ भएको थियो । यस वर्ष कर्णाली प्रदेशमा २३.९ प्रतिशत रोपाइँ भएको छ भने बागमती प्रदेशमा १८.३ प्रतिशत रोपाइँ भएको छ । लुम्बिनी प्रदेशमा ८.८ प्रतिशत र गण्डकी प्रदेशमा ८.३ प्रतिशत रोपाइँ भएको छ । कोशीमा ५.६ प्रतिशत रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ ।

देशभर ६० प्रतिशत रोपाइँ सकियाे

काठमाण्डाै – कृषि तथा पशुपक्षी विकास मन्त्रालयले देशभर ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको जनाएको छ । गएकाे वर्ष असारमा ७६ प्रतिशत रोपाइँ भएकाेमा यस वर्ष ६० प्रतिशत मात्र रोपाइँ भएको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिनुभयो ।  रोपाइँको तथ्याङ्क प्रदेशसँगको समन्वयमा तयार गरिएको हो । गएकाे वर्षको तुलनामा झन्डै आठ प्रतिशतको हाराहारीमा कम रोपाइँ भएको देखिएको छ । विशेषगरी प्रदेश नं १, मधेस प्रदेश र लुम्बिनी प्रदेशमा मनसुन सुरु हुन ढिला भएका कारण रोपाइँ कम भएको हो । मनसुन सुरु हुन...

देशभर ९७.८९ प्रतिशत रोपाईं, कार्णाली प्रदेशमा रोपाई सम्पन्न

देशभर ९७.८९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । तथ्याँकअनुसार कर्णाली प्रदेशमा धान रोपाइँ सम्पन्न भइसकेको छ भने सुदूरपश्चिममा ९९.०६ प्रतिशत, लुम्बिनी प्रदेशमा ९८.९५ प्रतिशत, वाग्मती प्रदेशमा ९८.०८ प्रतिशत, गण्डकीमा ९८.६४ प्रतिशत, प्रदेश २ मा ९६.८० प्रतिशत र प्रदेश १ मा ९६.८३ प्रतिशत रोपाईं भएका छन् । १३ लाख ७१ हजार ७०६ हेक्टरमा धान रोपाइँ हुन्छ ।त्यसमध्ये हालसम्म १३ लाख ४२ हजार ८१९.९४२ हेक्टरमा रोपाईं भइसकेको छ । प्रदेश १ को सोलुखुम्बु, ओखलढुंगा, खोटाङमा रोपाई सम्पन्न भइसकेको छ भने ताप्लेजुङमा ९९.५०