सुर्खेतस्थित रातोपाटीकर्मी पंखबहादुर शाहीलाई ज्यान मार्नेसम्मको धम्की दिनेलाई तत्काल कानुनी दायरामा ल्याउन नेपाल पत्रकार महासंघले माग गरेको छ । महासंघका महासचिव रोशन पुरीले आइतबार एक विज्ञप्ति जारी गर्दै धम्की दिने व्यक्तिहरूलाई तत्काल कानुनी दायरामा ल्याएर पत्रकारको सुरक्षा र स्वतन्त्रतामा गम्भीर बन्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् । सुर्खेतमा राजा वीरेन्द्रको शालिक पुनर्स्थापनासम्बन्धी समाचार लेखेको विषयलाई लिएर शाहीलाई राजकुमार शाही, भरत शाही ठकुरी, टिजंग