राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आठ देशका १० गन्तव्यमा नियमित उडान सुरु गरेको छ । शुक्रबार साउदी अरबको रियादको उडानसँगै १० गन्तव्यमा उडान विस्तार भएको हो । निगमले यसअघि भारतका तीनसहित सात देशका नौ गन्तव्यमा उडान भर्दै आएको थियो । निगमले भारतको नयाँदिल्ली, मुम्बई, बैंग्लोर, दुबई, दोहा, क्वालालम्पुर, हङ्कङ, बैङ्कक र जापानको नारितामा अन्तर्राष्ट्रिय उडान …