भाडा बढाएर आन्तरिक उडान खोल्ने तयारी

काठमाडौं : निजी वायुसेवा सञ्‍चालक संघले  १७ असारबाट  भाडा बढाएर आन्तरिक उडान  सञ्चालन गर्ने भएको छ। हवाई इन्धनको मूल्य बढेकाले मूल्य समायोजन गरी साबिकको भाडाभन्दा केही बढाइने संघका प्रवक्ता  योगराज कँडेलले  जानकारी दिए।उडान भर्दा जहाजको पूरै सिट यात्रु राखेर उडान भरिने भएको छ।  वायुसेवा संघले मूल्य समायोजनको विषय बाहिर–बाहिर आएको सुने पनि मन्त्रालयमा समायोजनको प्रस्ताव आइनसकेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका नागरिक उड्डयन तथा हवाई महाश