विराटनगरः विशेषज्ञ डाक्टरले अपरेसन गर्ने भनेर बिरामीका आफन्तलाई कागज गराइएको तर सिकारु डाक्टरले अपरेसन गरेका कारण मृत्यु भएको भन्दै विराटनगरको न्युरो अस्पतालप्रति आफन्त आक्रोशित भएका छन्।
सिराहा लाहानकी २५ वर्षीया रञ्जिताकुमारी शाहका आफन्तले मङ्गलबार रातभरि अस्पतालको गेटमा नाराबाजी गर्दै धर्ना दिएका छन्। मृतक शाहका पति वीरेन्द्र कुमारका अनुसार गत फागुन