नेकपा (एमाले)का काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले आफूले कहिल्यै संगत नै नगरेको महिलाले आफूलाई आरोपित गरेको गुनासो गरेका छन् । मंगलबार काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित चुनावी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफू महिलामैंत्री भएको भन्दै हिंसाको आरोप सही नभएको जिकिर गरे । आफू महिलामैत्री भएकै कारण उनीहरुसँग आफ्नो धेरै फोटोहरु हुन सक्ने उनको भनाइ थियो । तर, महिलाहरुमाथि आफूले कुनै पनि अनुचित सम्बन्ध नराखेको उनको जिकीर थियो । मेयरका उम्मेदवार स्थापितले आफू वि