काठमाडौँ : ‘बाहिर प्रचार गरिएजस्तो माओवादी कमजोर भएको छैन, बरु पार्टी प्रवेशको लहर बढिरहेको छ’, पार्टी केन्द्रीय कमिटी बैठकमा आइतवार माओवादी केन्द्रका लुम्बिनी प्रदेश इञ्चार्ज हितमान शाक्यले भने। विधान सम्मेलनको मुखैमा बोलाइएको बैठकमा ४ महिना संचालन गरिएको ‘जनतासँग माओवादी रुपान्तरण अभियान’बारे प्रदेश इञ्चार्जहरूले रिर्पोटिङ गरेका थिए। माओवादीले गत १६ भदौदेखि १५ पुससम्म रुपान्तरण अभियान चलाएको थियो। उक्त अभियानका क्रममा माओवादी कमजोर नरहेको स्पष्ट भएको नेता