पर्यटन प्रवर्द्धनका लागि टुरिजम मार्ट

काठमाडौं : पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्डले देशका विभिन्न क्षेत्रमा आन्तरिक टुरिजम मार्ट सुरू गरेको छ।सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पर्यटन बोर्डले चैत ११ देखि १३ गतेसम्म प्रदेश १ को धरानमा इस्टर्न ट्रावल मार्ट आयोजना गर्ने जानकारी दिएको हो। बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि बोर्डले मार्टको आयोजना गरिरहेको बताए।नेपालका विभिन्न प्रदेशका पर्यटन व्यवसायीहरूको व्यावसायिक गतिविधिहरुको विकास, विस्तार र अन्तर्राष्ट्रिय

सम्बन्धित सामग्री

धरानमा इस्ट टुरिजम मार्ट शुरु

आन्तरिक तथा सीमा/क्रस बोर्डर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डको प्रवद्र्धन तथा धरान उपमहानगरपालिकाको आयोजनामा शुक्रवारदेखि धरानमा तीन दिने इस्ट टुरिजम मार्ट शुरु भएको छ ।  मार्टको उद्घाटन गर्दै प्रदेश नम्बर एकका मुख्यमन्त्री राजेन्द्रकुमार राईले पर्यटन आर्थिक विकासको आधार भएकाले यसको प्रवद्र्धन आवश्यक रहेको बताए ।उनले प्रदेश नम्बर एकमा पर्यटनको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै यस्ता मार्टले आन्तरिक तथा सीमा (क्रसबोर्डर)  पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए । मु

पर्यटक भित्र्याउन पर्यटन बोर्डले सुरु गर्‍यो आन्तरिक टुरिजम मार्ट

नेपाल पर्यटन बोर्डले भारतीय पर्यटक भित्र्याउन सातै प्रदेशमा आन्तरिक टुरिजम मार्ट सुरु गरेको छ ।

भारतीय पर्यटक भित्र्याउन आन्तरिक टुरिजम मार्ट : बोर्डका प्रमुख रेग्मी

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले कोरोना महामारीपछिको पर्यटन प्रवद्धन गर्नको लागि देशका सातै वटा प्रदेशबाट भारतीय पर्यटक भित्र्याउन आन्तरिक टुरिजम मार्ट सुरु गरिएको बताउनुभएको छ । भारतका पर्यटक नेपाल घुम्न आतुर रहेकाले ती पर्यटकलाई नेपालको आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि टुरिजम मार्टको माध्यमबाट ल्याउने अभियान सुरु गरिएको […]

भारतीय पर्यटन भित्र्याउन आन्तरिक टुरिजम मार्ट सुरु

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनन्जय रेग्मीले कोरोना महामारीपछिको पर्यटन प्रवद्धन गर्नको लागि देशका सातै वटा प्रदेशबाट भारतीय पर्यटन भित्र्याउनका लागि आन्तरिक टुरिजम मार्ट सुरु गरिएको बताएका छन् । मंगलबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै डा.रेग्मीले भारतका विभिन्न सहरका पर्यटन घुम्न आतुर रहेकाले नेपालको आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि टुरिजम मार्टको माध्यमबाट ल्याउने अभियान सुरु गरिएको बताएका हुन् ।उनले पछिल्लो समय भारतीय पर्यटकहरु नेपाल सरकारको कुनै प्याके

प्रदेशस्तरीय ट्राभल मार्ट आयोजना हुँदै

८ चैत, काठमाडौं । आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रर्वद्धन गर्न नेपाल पर्यटन बोर्डले देशका विभिन्न क्षेत्रमा आन्तरिक टुरिजम मार्ट सुरु गरेको छ । बोर्डका अनुसार ११–१३ चैतसम्म प्रदेश नम्बर १ को धरानमा इस्टर्न ट्राभल मार्ट आयोजना हुने भएको छ । नेपालका विभिन्न प्रदेशका पर्यटन व्यवसायीको व्यवसायिक गतिविधिको विकास, विस्तार र अन्तर्राष्ट्रिय स्रोत–बजारका टुर अपरेटरसँग व्यवसायिक […]

आन्तरिक तथा सीमा पर्यटन प्रर्वद्धनका लागि ट्राभल मार्ट

आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रर्वद्धनका लागि नेपाल पर्यटन बोर्डले (बर्डर टुरिजम) देशका विभिन्न क्षेत्रमा आन्तरिक टुरिजम मार्ट सुरु गरेको छ । यसै क्रममा पर्यटन बोर्डले ११ देखि १३ चैतसम्म प्रदेश–१ को धरानमा इस्टर्न ट्राभल मार्ट आयोजना गर्ने भएको छ ।पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि बोर्डले […]

सीमाक्षेत्र लक्षित पर्यटन प्रवर्द्धनका लागि ‘टुरिजम ट्राभल मार्ट’ शुरू

काठमाडौं । आन्तरिक तथा सीमा क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्डले मुलुकभरका सातओटै प्रदेशमा चरणबद्ध रूपमा ‘टुरिजम ट्राभल मार्ट’ कार्यक्रम शुरू गरेको छ । पहिलो चरणमा बोर्डले फागुन २६ देखि २८ गतेसम्म नेपालगञ्जमा सीमाक्षेत्र लक्षित ‘वेस्टर्न टुरिजम ट्राभल मार्ट’ आयोजना गरिसकेको छ । दोस्रो चरणमा चैत ११ देखि १३ गतेसम्म धरानमा ‘इस्टर्न टुरिजम ट्राभल मार्ट’ आयोजना गरिने भएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न ‘टुरिजम ट्राभल मार्ट’ अवधारणा अघि सारेर कार्यान्वयन गरिएको बताएका छन् । विभिन्न प्रदेशका पर्यटन व्यवसायीको व्यावसायिक गतिविधिको विकास, विस्तार र अन्तरराष्ट्रिय स्रोत–बजारका टुर–अपरेटरहरूसँग व्यावसायिक सम्बन्ध स्थापित गर्नु उक्त कार्यक्रमको मुख्य उद्देश्य रहेको उनले जानकारी दिए ।   बोर्डले चालू आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम अनुसार यी कार्यक्रम सञ्चालन गर्दै आएको छ । नेपालगञ्ज, बर्दिया र कर्णाली प्रदेशको पर्यटन गतिविधिको प्रवर्द्धन गर्न बोर्ड र नेपालगञ्ज उपमहानरपालिकाको आयोजनामा फागुनमा नेपालगञ्जमा यस्तो मार्ट गरिएको छ । यसैगरी धरान उपमहानगरपालिकासँगको सहकार्यमा प्रदेश नं. १ मा सो कार्यक्रम गरिने उनले जानकारी दिए । यस्तै धनगढी उपमहानगरपालिकासँगको सहकार्यमा सुदूरपश्चिम प्रदेशको धनगढीमो चैत २५, २६ र २७ गते ‘फारवेष्ट टुरिजम ट्राभल मार्ट’ आयोजना गरिने उनले बताए । ‘इस्टर्न टुरिजम मार्ट’का संयोजक भवेशकुमार श्रेष्ठले प्रदेश १ को समग्र पर्यटन गतिविधि तथा गन्तव्यको राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा प्रचारप्रसार गर्ने उद्देश्य कार्यक्रमको रहेको बताए । धरानमा सन् २०१८ देखि नै मार्ट आयोजना हुँदै आएको र यसपटक तेस्रो संस्करण भएको जानकारी उनले दिए । सो अवसरमा धनगढीमा आयोजना हुने मार्टमा ‘सुन्दर सुदूरपश्चिम–शुक्लादेखि अपी/साइपल’ ब्रान्डिङ गरी सुदूरपश्चिमको प्रवर्द्धन गरिने बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले जानकारी दिए । बोर्डका अनुसार मार्टहरूमा सीमावर्ती भारतीय शहरका टुर अपरेटरहरूलाई खरीदकर्ताको रूपमा सहभागी गराइनेछ । साथै नेपालका टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवाप्रदायकहरूबीच यी क्षेत्रका टुर प्याकेजहरू विक्री प्रवर्द्धन गर्ने विषयमा व्यावसायिक अन्तरक्रिया हुनेछ । यी मार्टमा टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायक संस्थाहरूले आकर्षक स्टलका साथ प्याकेजहरूको प्रवर्द्धन गर्न सक्ने ऐरले बताए । स्थानीय सांस्कृतिक झाँकी, सांस्कृतिक प्रस्तुति र फुड स्टलहरू मार्टको आकर्षणका रूपमा रहनेछन् । आन्तरिक पर्यटन प्रवर्द्धनका लागि सातै प्रदेशका पर्यटकीय आकर्षण झल्किने पेभिलियन निर्माण गरी प्रदेशका पर्यटन व्यवसायी प्रतिनिधिबीच टुर प्याकेजको आदानप्रदान समेत हुने बोेर्डले बताएको छ ।

नेपालगञ्जपछि धरानमा आन्तरिक ट्राभल मार्ट आयोजना हुने

आन्तरिक तथा बोर्डर सीमा क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डले ( बोर्डर टुरिजम ) देशका विभिन्न क्षेत्रमा आन्तरिक टुरिजम मार्ट शुरु गरेको छ ।  यसैक्रममा पर्यटन बोर्डले २०७८ चैत्र ११ देखि १३ गतेसम्म प्रदेश नम्बर १ को धरानमा  इस्टर्न ट्राभल मार्ट आयोजना गर्ने भएको छ ।सोमबार पर्यटन बोर्डमा पत्रकार सम्मेलनको आयोजना गर्दै बोर्डका कार्यकारी प्रमुख (सीईओ) डा. धनञ्जय रेग्मीले आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि बोर्डले मार्टको आयोजना गरिरहेको जानकारी दिए ।नेपालक

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको टुरिजम मार्ट

काठमाडौँ : पश्चिम नेपालको पर्यटन विकासका लागि बाँकेको नेपालगञ्जमा ‘वेष्टर्न टुरिजम मार्ट’ हुँदैछ । बिहीबारदेखि नेपालगञ्जमा सुरु हुने मार्टमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको पर्यटन क्षेत्रको प्रचारप्रचार, नयाँ गन्तव्यको खोजी र सरोकारवालाबीच अन्तरक्रिया हुनेछ । नेपालगञ्जमा हुने टुरिजम मार्टलाई नेपाल पर्यटन बोर्ड, नाट्टा, हान लगायत संघ संस्थाले आयोजना गरेका हुन् । नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलका […]

देशमै पहिलो पटक नेपालगन्जमा ‘वेष्टर्न टुरिजम मार्ट’ गर्ने तयारी

‘वेष्टर्न टुरिजम मार्ट नेपाल–२०२१’ नेपालगन्जमा गरिने भएको छ। पश्चिम नेपालको पर्यटन प्रवर्द्धन गर्नका लागि पर्यटन मन्त्रालयको सहयोग, नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस(नाट्टा), हान लगायत विभिन्न पर्यटनसँग आवद्ध सं...