धरानमा इस्ट टुरिजम मार्ट शुरु

आन्तरिक तथा सीमा/क्रस बोर्डर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डको प्रवद्र्धन तथा धरान उपमहानगरपालिकाको आयोजनामा शुक्रवारदेखि धरानमा तीन दिने इस्ट टुरिजम मार्ट शुरु भएको छ ।  मार्टको उद्घाटन गर्दै प्रदेश नम्बर एकका मुख्यमन्त्री राजेन्द्रकुमार राईले पर्यटन आर्थिक विकासको आधार भएकाले यसको प्रवद्र्धन आवश्यक रहेको बताए ।उनले प्रदेश नम्बर एकमा पर्यटनको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै यस्ता मार्टले आन्तरिक तथा सीमा (क्रसबोर्डर)  पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए । मु

सम्बन्धित सामग्री

धरानमा तीन दिने इस्ट ट्राभल मार्ट सम्पन्न

प्रदेश–१ मा पर्यटन विकासमा प्रर्वद्धन गर्न आयोजना गरिएको धरानमा तीन दिने इस्ट ट्राभल मार्ट समापन भएको छ ।अन्तर्राष्ट्रिय स्रोत–बजारका टुर अपरेटरसँग व्यावसायिक सम्बन्ध स्थापित गर्न तथा यस प्रदेश वरपरका क्षेत्रहरुको पर्यटन गतिविधिको अभिवृद्धि गर्न राष्ट्रिय पर्यटनको पुनरुत्थानका लागि स्थानीय तथा प्रदेशस्तरमा पनि पर्यटन पुनरुत्थानको सम्भावना र प्रयासलाई अझ टेवा पु-याउन मार्टको आयोजना गरिएको हो । […]

प्रदेशस्तरीय ट्राभल मार्ट आयोजना हुँदै

८ चैत, काठमाडौं । आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रर्वद्धन गर्न नेपाल पर्यटन बोर्डले देशका विभिन्न क्षेत्रमा आन्तरिक टुरिजम मार्ट सुरु गरेको छ । बोर्डका अनुसार ११–१३ चैतसम्म प्रदेश नम्बर १ को धरानमा इस्टर्न ट्राभल मार्ट आयोजना हुने भएको छ । नेपालका विभिन्न प्रदेशका पर्यटन व्यवसायीको व्यवसायिक गतिविधिको विकास, विस्तार र अन्तर्राष्ट्रिय स्रोत–बजारका टुर अपरेटरसँग व्यवसायिक […]

आन्तरिक तथा सीमा पर्यटन प्रर्वद्धनका लागि ट्राभल मार्ट

आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रर्वद्धनका लागि नेपाल पर्यटन बोर्डले (बर्डर टुरिजम) देशका विभिन्न क्षेत्रमा आन्तरिक टुरिजम मार्ट सुरु गरेको छ । यसै क्रममा पर्यटन बोर्डले ११ देखि १३ चैतसम्म प्रदेश–१ को धरानमा इस्टर्न ट्राभल मार्ट आयोजना गर्ने भएको छ ।पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि बोर्डले […]

पर्यटन प्रवर्द्धनका लागि टुरिजम मार्ट

काठमाडौं : पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्डले देशका विभिन्न क्षेत्रमा आन्तरिक टुरिजम मार्ट सुरू गरेको छ।सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पर्यटन बोर्डले चैत ११ देखि १३ गतेसम्म प्रदेश १ को धरानमा इस्टर्न ट्रावल मार्ट आयोजना गर्ने जानकारी दिएको हो। बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि बोर्डले मार्टको आयोजना गरिरहेको बताए।नेपालका विभिन्न प्रदेशका पर्यटन व्यवसायीहरूको व्यावसायिक गतिविधिहरुको विकास, विस्तार र अन्तर्राष्ट्रिय

सीमाक्षेत्र लक्षित पर्यटन प्रवर्द्धनका लागि ‘टुरिजम ट्राभल मार्ट’ शुरू

काठमाडौं । आन्तरिक तथा सीमा क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्डले मुलुकभरका सातओटै प्रदेशमा चरणबद्ध रूपमा ‘टुरिजम ट्राभल मार्ट’ कार्यक्रम शुरू गरेको छ । पहिलो चरणमा बोर्डले फागुन २६ देखि २८ गतेसम्म नेपालगञ्जमा सीमाक्षेत्र लक्षित ‘वेस्टर्न टुरिजम ट्राभल मार्ट’ आयोजना गरिसकेको छ । दोस्रो चरणमा चैत ११ देखि १३ गतेसम्म धरानमा ‘इस्टर्न टुरिजम ट्राभल मार्ट’ आयोजना गरिने भएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न ‘टुरिजम ट्राभल मार्ट’ अवधारणा अघि सारेर कार्यान्वयन गरिएको बताएका छन् । विभिन्न प्रदेशका पर्यटन व्यवसायीको व्यावसायिक गतिविधिको विकास, विस्तार र अन्तरराष्ट्रिय स्रोत–बजारका टुर–अपरेटरहरूसँग व्यावसायिक सम्बन्ध स्थापित गर्नु उक्त कार्यक्रमको मुख्य उद्देश्य रहेको उनले जानकारी दिए ।   बोर्डले चालू आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम अनुसार यी कार्यक्रम सञ्चालन गर्दै आएको छ । नेपालगञ्ज, बर्दिया र कर्णाली प्रदेशको पर्यटन गतिविधिको प्रवर्द्धन गर्न बोर्ड र नेपालगञ्ज उपमहानरपालिकाको आयोजनामा फागुनमा नेपालगञ्जमा यस्तो मार्ट गरिएको छ । यसैगरी धरान उपमहानगरपालिकासँगको सहकार्यमा प्रदेश नं. १ मा सो कार्यक्रम गरिने उनले जानकारी दिए । यस्तै धनगढी उपमहानगरपालिकासँगको सहकार्यमा सुदूरपश्चिम प्रदेशको धनगढीमो चैत २५, २६ र २७ गते ‘फारवेष्ट टुरिजम ट्राभल मार्ट’ आयोजना गरिने उनले बताए । ‘इस्टर्न टुरिजम मार्ट’का संयोजक भवेशकुमार श्रेष्ठले प्रदेश १ को समग्र पर्यटन गतिविधि तथा गन्तव्यको राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा प्रचारप्रसार गर्ने उद्देश्य कार्यक्रमको रहेको बताए । धरानमा सन् २०१८ देखि नै मार्ट आयोजना हुँदै आएको र यसपटक तेस्रो संस्करण भएको जानकारी उनले दिए । सो अवसरमा धनगढीमा आयोजना हुने मार्टमा ‘सुन्दर सुदूरपश्चिम–शुक्लादेखि अपी/साइपल’ ब्रान्डिङ गरी सुदूरपश्चिमको प्रवर्द्धन गरिने बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले जानकारी दिए । बोर्डका अनुसार मार्टहरूमा सीमावर्ती भारतीय शहरका टुर अपरेटरहरूलाई खरीदकर्ताको रूपमा सहभागी गराइनेछ । साथै नेपालका टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवाप्रदायकहरूबीच यी क्षेत्रका टुर प्याकेजहरू विक्री प्रवर्द्धन गर्ने विषयमा व्यावसायिक अन्तरक्रिया हुनेछ । यी मार्टमा टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायक संस्थाहरूले आकर्षक स्टलका साथ प्याकेजहरूको प्रवर्द्धन गर्न सक्ने ऐरले बताए । स्थानीय सांस्कृतिक झाँकी, सांस्कृतिक प्रस्तुति र फुड स्टलहरू मार्टको आकर्षणका रूपमा रहनेछन् । आन्तरिक पर्यटन प्रवर्द्धनका लागि सातै प्रदेशका पर्यटकीय आकर्षण झल्किने पेभिलियन निर्माण गरी प्रदेशका पर्यटन व्यवसायी प्रतिनिधिबीच टुर प्याकेजको आदानप्रदान समेत हुने बोेर्डले बताएको छ ।

नेपालगञ्जपछि धरानमा आन्तरिक ट्राभल मार्ट आयोजना हुने

आन्तरिक तथा बोर्डर सीमा क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डले ( बोर्डर टुरिजम ) देशका विभिन्न क्षेत्रमा आन्तरिक टुरिजम मार्ट शुरु गरेको छ ।  यसैक्रममा पर्यटन बोर्डले २०७८ चैत्र ११ देखि १३ गतेसम्म प्रदेश नम्बर १ को धरानमा  इस्टर्न ट्राभल मार्ट आयोजना गर्ने भएको छ ।सोमबार पर्यटन बोर्डमा पत्रकार सम्मेलनको आयोजना गर्दै बोर्डका कार्यकारी प्रमुख (सीईओ) डा. धनञ्जय रेग्मीले आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि बोर्डले मार्टको आयोजना गरिरहेको जानकारी दिए ।नेपालक

'इस्ट टुरिजम मार्ट'को प्रवर्द्धन गर्न नेपालका पर्यटन व्यवसायी भारतमा

विराटनगर । सुनसरीको धरानमा आयोजना हुने 'इस्ट टुरिजम मार्ट २०२२' लाई प्रवर्द्धन गर्न पर्यटन व्यवसायीको प्रतिनिधिमण्डल भारतको पश्चिम बंगाल र बिहारतर्फ प्रस्थान गरेको छ ।  सिलिगुडीमा शनिबारदेखि तीन दिनसम्म आयोजना हुने बंगाल ट्राभल मार्टमा पूर्वका व्यवसायीहरूले पूर्वको पर्यटन प्रवर्द्धन गर्न पुगेका छन् । सो मार्टमा विराटनगर, धरान, इटहरी, काकरभिट्टा, दमक, बिर्तामोडलगायत स्थानबाट पर्यटन...

पूर्वी नेपाल र सिक्किमबीच पर्यटन सम्बन्ध स्थापित गर्न पहल

इस्ट टुरिजम मार्ट–२०१८ को तयारीमा जुटेका पूर्वका पर्यटन व्यवसायीले भारतको सिक्किमसँग पर्यटन सम्बन्ध स्थापित गर्ने पहल थालेका छन् । आगामी जेठ २४ देखि २६ गतेसम्म धरानमा हुने इस्ट टुरिजम मार्टलाई सहभागीमुलक र फलदायी बनाउन सिक्किम पुगेका बेला पूर्वका पर्यटन व्यवसायीले ट्राभल एजेन्ट्सएसन अफ सिक्किम (तास)सँगको सहकार्यमा द्विदेशीय सीमा सर्किटको प्रयास थालेका हुन्।