काठमाडौं । दिल्ली भ्रमणमा रहेको सक्तारुढ कांग्रेसको प्रतिनिधिमण्डलले भारतीय विदेशमन्त्री डा. एस जयशंकरलाई भेटेर सीमावार्ता सुरु गर्नुपर्ने र दार्चुला तुइन प्रकरणको फेरि छानबिन गनुपर्ने प्रस्ताव गरेको छ । शुक्रबार अपराह्न भएको भेटवार्तामा प्रतिनिधिमण्डलका नेता पूर्वपरराष्ट्रिमन्त्री एवं कांग्रेस सभापति डा.प्रकाशशरण महतले तुइनबाट महाकालीमा खसेर बेपत्ता दार्चुलाका जयसिंह धामीको परिवारलाई क्षतिपूर्ति दिलाउनसमेत जयशंकरको ध्यानाकर्षण गराएका छन् । […]