दार्चुला तुइन प्रकरण: गृहको छानबिन समिति म्याद थप्ने प्रतिवेदन नदिने, परराष्ट्रचाहिँ गृहको प्रतिवेदन कुर्ने

एकातिर गृह मन्त्रालयको छानबिन समितिले आफ्नो जिम्मेवारी पूरा गर्न सकेको छैन भने अर्कोतिर आफ्नो नागरिक मारिएको घटनाबारे सरकारले कूटनीतिक र राजनीतिक तहबाट पनि भारतलाई ‘नोटिस’ पठाउन सकेको छैन ।