दार्चुला तुइन प्रकरण : भारतीय एसएसबीको उपस्थितिमै घटना

काठमाडौँ । दार्चुलाको व्यास गाउँपालिका–२ खाङ्दाङ्का जयसिंह धामीको स्थानीय मालघाटबाट तुइन तर्ने क्रममा तुइनको तारसँगै महाकाली नदीमा खसेर बेपत्ता भएको घटनामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) कै उपस्थिति देखिएको छानबिन समितिले निष्कर्ष निकालेको छ । समितिले आज गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाएको प्रतिवेदनले उक्त घटना भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएको औँल्याएको […]

सम्बन्धित सामग्री

सरकारले भारतलाई पठायाे कूटनीतिक नोट

काठमाडौं : दार्चुला तुइन प्रकरण र नेपाली आकाशमा अनधिकृत रुपमा हेलिकोप्टर उडाइएको विषयमा सरकारले भारत सरकारलाई कूटनीतिक नोट पठाएको छ।सरकारले ती दुई घटनाका सम्बन्धमा छुट्टाछुट्टै कूटनीतिक नोट पठाएको हो। परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले दुवै घटनाका सम्बन्धमा कूटनीतिक च्यानलबाट पत्र पठाइएको जानकारी दिइन्।महाकाली नदी तर्ने क्रममा भारतीय सुरक्षाकर्मीले तुइन चुँडाइदिँदा दार्चुलाका जयसिंह धामी साउन १५ गते बेपत्ता भएका थिए। सो घटना सेलाउन नपाउँदै भारतले नेपाली सेनाको ब्यारेकमाथि अनाधिकृत रुपम

दार्चुला तुइन घटना र हेलिकप्टर प्रकरणमा भारतलाई कुटनीतिक नोट पठाइयो

सरकारले दार्चुला तुइन प्रकरण र नेपाली आकाशमा अनाधिकृत रुपमा हेलिकोप्टर उडाइएको विषयमा भारत सरकारलाई कुटनीतिक नोट पठाएको छ । सरकारले ती दुई घटनाका सम्बन्धमा छुट्टाछुट्टै कुटनीतिक नोट पठाएको हो । दुवै घटनाका सम्बन्धमा कुटनीतिक च्यानलबाट पत्र पठाइएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् । साउन १५ गते महाकाली नदी तर्ने क्रममा भारतीय सुरक्षाकर्मीले तुइन चुडाइदिँदा दार्चुलाका जयसिंह धामी बेपत्ता भएका थिए । सो घटना सेलाउन नपाउँदै भारतले नेपाली सेनाको ब्यारेकमाथि अनाधिकृ

दार्चुला तुइन प्रकरण : कहिले आउँछ छानविन प्रतिवेदन ?

साउन १५ गते : गते भारतीय सुरक्षाकर्मीले तुइन काटेपछि दार्चुला व्यासका ३३ वर्षका जयसिंह धामीको महाकाली नदीमा खसेर वेपत्तासाउन १७ गते : सरकारले गृहमन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा ५ सदस्यीय छानविन समिति गठन, १० दिनको समय साउन १९ गते : प्रतिनिधिसभाको बैठकमा सांसदहरुको गृहमन्त्री बालकृष्ण खाणँसँग सांसदहरुको सवाल जवाफ, संसदीय छानविन समिति बनाउन माग साउन १९ : छानविन समिति अनुसन्धानका लागि छानविन टोली खलंगामा साउन २१ गते : भारततर्फको घटनास्थलको अवलोकनसाउन २२ गते : नेपाल तर्फको

दार्चुला तुइन प्रकरण : छानविन समिति सोधपुछमै केन्द्रीत

महाकाली नदी तर्न लाग्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन खुस्काएपछि ब्यास गाउँपालिका–२ का युवा जयसिंह धामी बेपत्ता भएको घटना छानविन गर्न गठन गरिएको समिति अहिले दार्चुलामा छ । गृह मन्त्रालयका सह–सचिव जनार्दन गौतम नेतृत्वको समितिले शुक्रवार पीडित परिवारसँग भेटघाट गरिरहेको छ ।  सदरमुकाम खलंगामा रहेको छानविन समितिले घटनाका प्रत्यक्षदर्शी र राजनितिक दलका प्रतिनिधिहरूसँग पनि कुराकानी गरिरहेको छ ।  ‘शुक्रवार पीडित परिवार कहाँ गएका थियौं, पीडित परिवार र गाउँलेका कु