मोक्षधामका चार धाममा कलात्मक मन्दिर बनाइँदै

तिलोत्तमा नगरपालिका–६ पश्चिम पहुनीमा रहेको मोक्षधाममा चारधामका कलात्मक नमूना मन्दिर निर्माण गरिने भएको छ । पुराणमा उल्लेख भएअनुसार भारतका बद्रीनाथ, जगन्नाथ, रामेश्वरम र द्वारिका गरी चार धाम तथा नेपालका रामजानकी मन्दिर र लुम्बिनी बौद्ध स्तूप त्यहाँ बन्न लागेको हो ।     पृथ्वीमा स्वर्गको आभास हुने परिक...

सम्बन्धित सामग्री

भगवती मन्दिर तीनतले बनाइँदै

तानसेनस्थित ऐतिहासिक भगवती मन्दिर तीनतले बनाइने भएको छ । १९९० सालको भूकम्पअघिकै स्वरूपमा भगवती मन्दिर बनाउने तयारी गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । १९९० सालको भूकम्पअघि तीनतले रहेको भगवती मन्दिर भत्काएपछि दुईतले बनाइएको थियो । मन्दिर जीर्ण भएसँगै छानो चुहिएर प्लास्टिकको ओत राखिएको छ । मन्दिरको अवस्था जीर्ण भएका कारण मन्दिर पुनर्निर्माण गर्ने र उक्त मन्दिर तीनतले बनाउने तयारी भइरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोककुमार महर्जनले बताउनुभयो ।

बाँकेमा धार्मिक पर्यटन प्रवर्द्धनका लागि पर्यटनमार्ग बनाइँदै

राँझा । बाँकेका धार्मिक पर्यटकीय क्षेत्रको प्रवर्द्धन तथा संरक्षण गर्ने उद्देश्यले पर्यटनमार्गको अवधारणा अगाडि बढाइएको छ । जिल्लामा रहेका ऐतिहासिक मन्दिर तथा पर्यटकीयस्थललाई समेटेर पर्यटनमार्ग निर्माणको अवधारणा अगाडि बढाइएको हो । ग्रामीण क्षेत्रमा रहेका ऐतिहासिक मन्दिर र धार्मिक क्षेत्रलाई नेपालगञ्जस्थित बागेश्वरी मन्दिरसम्म जोड्दै बैजनाथको गाभरमा रहेको पारिजात बगानसम्म पुर्‍याउने गरी पर्यटनमार्गको परिकल्पना गरिएको बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले जानकारी दिए ।  उनका अनुसार उक्त पर्यटनमार्ग राप्तीसोनारी गाउँपालिका-१ स्थित शिवमन्दिर, वडा नं ३ बैजापुरस्थित भुवरभवानी मन्दिर, वडा नं ४ स्थित बर्फानी बाबा, वडा नं ७ फत्तेपुरस्थित पोखरामाता मन्दिर, नरैनापुरको सन्तानेश्वर महादेव मन्दिर हुँदै नेपालगञ्जको वागेश्वरी मन्दिरसम्म पुर्‍याउने योजना छ । कोहलपुरको कालिका मन्दिर, रामजानकी मन्दिर हुँदै बैजनाथ गाउँपालिकामा रहेको मानसरोवर प्रतीकस्थल हुँदै गाभर क्षेत्रमा रहेको पारिजात बगानसम्म पुर्‍याउने गरी मार्ग तय गरिएको ढकालले बताए । उक्त मार्गको निर्माण योजनाबद्ध तरिकाले अगाडि बढाउन मदन भण्डारी धार्मिक पर्यटनमार्ग संरक्षण तथा प्रवर्द्धन समिति गठन गरिएको छ । जिल्लामा रहेका ऐतिहासिक मठमन्दिर तथा धार्मिकस्थलको प्रवर्द्धन र संरक्षण गर्ने उद्देश्यले पर्यटनमार्ग निर्माणको योजना बनाएर काम शुरू गरिएको समितिका अध्यक्ष खिलराज भुसालले बताए । ‘कतिपय ऐतिहासिक मठमन्दिरको संरक्षण नहुँदा जीर्ण भएका छन् भने प्रचारप्रसार नहुँदा जिल्लावासीलाई धार्मिक पर्यटकीयस्थलबारे जानकारी छैन,’ उनले भने, ‘पर्यटनमार्ग निर्माणपश्चात् त्यस्ता धार्मिकस्थलको संरक्षण हुनुका साथै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्नेछ ।’ पर्यटनमार्ग निर्माण गरी प्रचार-प्रसार गर्दा एकैपटक धेरै धार्मिकस्थलको अवलोकन गर्न सकिने भएकाले यसले पर्यटन प्रवर्द्धनमा सकारात्मक भूमिका निर्वाह गर्ने जिल्ला पर्यटन प्रवर्द्धन समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताए । धार्मिक पर्यटनमार्गले सहरका आन्तरिक धार्मिक पर्यटकलाई गाउँ-गाउँसम्म पुर्‍याउनुका साथै समाजलाई बुझ्ने अवसर प्रदान गर्ने गाभर भ्याली सामुदायिक होम स्टेका अध्यक्ष कृष्ण चौधरीको भनाइ थियो । उनले गाभरको पारिजात बगानलाई उक्त मार्गले समेट्ने भएपछि समग्र गाभरको विकासमा सघाउ पुग्ने अपेक्षा गरे । बाँकेका ग्रामीण क्षेत्रमा सन्तानेश्वर, बाबा बर्फानी, भुवर भवानीलगायत धार्मिक क्षेत्रमा दैनिक सर्वसाधारण जाने गरेका छन् भने नेपालगञ्जको वागेश्वरी मन्दिरमा प्रत्येक सोमवार हुने महाआरतीमा भक्तजनको भीड लाग्ने गरेको छ । -रासस

आठ करोडको लागतमा शिव मन्दिर बनाइँदै

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैंडाकोट नगरपालिका-१३ मा रहेको कैलाश सन्न्यास आश्रम ऐतिहासिक एवं पुरातात्विक क्षेत्रको रूपमा रहेको छ। यहाँ पुरातत्व विभागले करिब आठ करोड रुपैयाँको लागतमा शिव मन्दिर निर्माण गर्दैछ।

आठ करोडको लागतमा शिव मन्दिर बनाइँदै

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैंडाकोट नगरपालिका-१३ मा रहेको कैलाश सन्न्यास आश्रम ऐतिहासिक एवं पुरातात्विक क्षेत्रको रूपमा रहेको छ। यहाँ पुरातत्व विभागले करिब आठ करोड रुपैयाँको लागतमा शिव मन्दिर निर्माण गर्दैछ।

विश्वसम्पदा सूचीमा सूचीकृत क्षेत्रलाई सांस्कृतिक केन्द्र बनाइँदै

सरकारले विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्रलाई सांस्कृतिक केन्द्रका रूपमा विकास गर्ने भएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्र र स्वयम्भूनाथ चैत्य, जीवित देवी कुमारीलाई राख्ने घर, लाखेघर, पवित्र भूमि सीतापाइला, तलेजु मन्दिर जस्ता सम्पदा र इन्द्रजात्रालगायत विभिन्न जात्रापर्वको प्रचलन रहेको क्षेत्रलाई सांस्कृतिक केन्द्रका रुपमा विकास गर्ने सोच अगाडि सारिएको छ ।त्यसको प्रत्यक्ष […]

विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्रलाई साँस्कृतिक केन्द्र बनाइँदै

विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्र र स्वयम्भूनाथ चैत्य, जीवित देवी कुमारीलाई राख्ने घर, लाखेघर, पवित्र भूमि सीतापाइला, तलेजु मन्दिर जस्ता सम्पदा र इन्द्रजात्रालगायत विभिन्न जात्रापर्वको प्रचलन रहेको क्षेत्रलाई सांस्कृतिक केन्द्रका रुपमा वि...

नेपालगञ्जमा बाल उद्यान बनाइँदै

नेपालगञ्जस्थित बागेश्वरी मन्दिर परिसरलाई आकर्षक बनाउन बाल उद्यान निर्माण गरिने भएको छ । मन्दिरको पूर्वतर्फ रहेको खाली जग्गामा उद्यान निर्माणको काम सुरु गरिएको छ । आइतबार नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले उक्त उद्यान शिलान्यास गरेका थिए ।यही पुस ५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी रु एक करोड ८२ लाखको लागतमा उच्चकोटी गोरखनाथ बजरङ्ग जेभीले निर्माणको जिम्मा पाएको नगर प्रमुख विष्टले बताए । उनका अनुसार करिब रु छ करोड लागत अनुमान गरिएको बाल उद्यानभित्रको  करिब पाँच दशमलव पाँच कठ्

मलासमा बहु आयामिक पार्क बनाइँदै

डडेल्धुरा : परशुराम नगरपालिका–७ स्थित मध्यकालीन मानव सभ्यताको उद्गमबिन्दु मानिने मलास क्षेत्रमा बहु–आयामिक पार्क बनाइँदै छ।मल्लकालीन मन्दिर, शिलालेख, किल्ला, दरवार, पाटी पौवाचौतारा र बाटोलगायत मानवबस्तीका थुप्रै अवशेष रहेको मलास क्षेत्रमा पार्क बनाउन थालिएको हो।मलासको कोलडाँडामा शहीदपार्कका नामले पार्क निर्माणको काम थालेको वडाध्यक्ष केशव बोहराले बताए। तराई, पहाड र भित्री मधेश जोड्ने चुरे पहाड क्षेत्रमा रहेको मलासपार्क बनाउने मुख्य उद्देश्य रहेको उनले बताए।पार्कमागोलघर निर्माणका लागि

बर्दियाको ठाकुरद्वारामा गौमूत्र अनुसन्धान केन्द्र बनाइँदै

बर्दिया – बर्दियाको ठाकुरबाबा नगरपालिका ९ ठाकुरद्वारामा गौ संरक्षण अभियान अन्तर्गत पञ्चगव्य (गौमूत्र) अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गरिने भएको छ ।  विश्व हिन्दू युवा सङ्घका धार्मिक सद्भावना दूत योगी पिताम्बरको नेतृत्वमा मङ्सिर ४ गते बर्दिया राष्ट्रिय निकुञ्ज नजिक ठाकुरद्वारामा रहेको ठाकुरद्वारा मन्दिर परिसरमा पञ्चगव्य अनुसन्धान केन्द्रको शिलान्यास गर्न लागिएको विश्व हिन्दू युवा सङ्घका अध्यक्ष ऋषिकेशजंग शाहले जानकारी दिनुभयो ।  ठाकुरद्वारा मन्दिर परिसरमा मङ्सिर ४ गते शनिवारका दिन रक्षामन्त्री डाक्टर मिनेन्द्र रिजा...

अपाङ्गका लागि पनि पहुँचयोग्य बनाइँदै विन्ध्यवासिनी मन्दिर

पोखरा, माघ २० गते । अन्तर्राष्ट्रिय रुपमा नै ख्याति कमाएको पोखराको महत्वपूर्ण धार्मिक एवम् पर्यटकीय स्थल हो विन्ध्यवासिनी मन्दिर...